(सर आर्थर कोनन डोएलको चर्चित जासूसी उपन्यास The Hound of the Baskervilles को नेपाली संस्करण )
अनुबाद दुस्प्रयास : साजन सुबेदी
भाग 1
मिस्टर शर्लक होम्स
राति अबेरसम्म जागा बस्नु नपरेका एकाध बेला बाहेक प्राय: बिहान सधै ढिलो उठ्ने शर्लक होम्स ब्रेकफास्ट टेबल अगाडी बसेका थिए l मैले आगो ताप्ने ठाउँ नजिकै उभिएर अघिल्लो रति एउटा अपरिचित पाहुनाले छोडेर गएको लट्ठी टिपें l बिजुलीको चिम आकारको टाउको भएको यो राम्रो र बाक्लो काठले बनेको " पेनांग लयर " प्रकारको लट्ठी थियो । टाउकोको ठिक्क मुनि एउटा झन्डै 1 इन्च फराकिलो चाँदीको फित्ता ठोकिएको थियो l त्यसको तल सन् 1884 को मिति राखेर "जेम्स मोर्टीमर,एम.आर.सी.एस., को लागि सी.सी.एच. का साथीहरुको तर्फबाट" भन्ने कुँदिएको थियो l यो एउटा पुरानो ढाँचाको पारिबारिक स्वास्थ्यकर्मीले बोक्ने खालको देखिन्थ्यो l
होम्स म तिर ढाड फर्काएर बसेका थिए र मैले आफु उभिएको आभास उनलाई हुन दिएको थिईन l होम्सले सोधे "अँ वाट्सन , यसको बारेमा तिम्रो धारणा के छ ?"
"म के गर्दैछु भनेर कसरि थाहा पाउनु भयो ?मलाई लाग्छ तपाईंको ढाडमा पनि आँखा छ",मैले भनें l
मेरो अगाडी कम से कम एउटा चम्किलो चाँदीको जलप लगाईएको चियाको भाँडो छ, उनले भने l " तर वाट्सन तिमि यो भन कि तिमि त्यो पाहुनाको लट्ठी बारे के सोच्छौ ?" किन कि दुर्भाग्यवश उसलाई भेट्न नसकेको र उसको भ्रमणको कारण पनि थाहा पाउन नसकेको यस अवस्थामा यो आकस्मिक चिनोले हाम्रा लागि राम्रै महत्व राख्दछ l तिमीले यो लठ्ठीको जाँच गरेर त्यस मान्छेको बारेमा के धारणा बनाउँछौ म त्यो सुन्न चाहन्छु l "
"मलाई लाग्छ, " मैले आफ्नो मित्रको तरिका सकेसम्म प्रयोग गर्दै भनें- "कि जेम्स मोर्टीमर एउटा सफल,पाको र ईज्जतदार स्वास्थ्यकर्मी हो किनकि उनलाई भेट्नेहरुले प्रशंशास्वरूप यस्तो चिनो दिएका छन् l
"मलाई शंका छ कि तिम्रा अधिकांश निचोडहरु गलत थिए l सोझो हिसाबले भन्दा तिमीले मलाई घचघच्यायौ भन्नुको अर्थ तिम्रा भ्रमपूर्ण तथ्यहरुको टिपोट गर्दा म प्राय : सत्यता तर्फ उन्मुख हुन्थेँ l यो कुरामा तिमि सम्पूर्ण रुपमा गलत छैनौ l त्यो मान्छे पक्कै एउटा ग्रामिण स्वास्थ्य कर्मी हो र ऊ पर्याप्त मात्रामा पैदल यात्रा गर्छ l "
"त्यसो भए म सहि थिएँ "
"त्यो हद सम्म "
"तर कुरा त्यति नै त हो "
"होइन होइन मेरा प्यारा वाट्सन , कुरा त्यति मात्र होइन,पटक्कै होइन l उदाहरणका लागि म तिमीलाई सुझाउँछु कि एउटा स्वास्थ्यकर्मीलाई शिकारी समूहबाट भन्दा स्वास्थ्य संस्थाबाट उपहार आउने सम्भावना बढी हुन्छ र त्यस स्वास्थ्य संस्थाको नामको अगाडी C.C. लेखियो भने त्यसले स्वाभाविक रूपमा चेरिंग क्रस भन्ने जनाउँछ l "
"तपाई सहि हुन सक्नुहुन्छ "

"सुन्दर'" होम्सले भने, "अतिशय सुन्दर"
"मलाई यो पनि लाग्छ कि ऊ एउटा गाउँघरतिर काम गर्ने स्वास्थ्यकर्मी हो जो खूब पैदल यात्रा गर्दछ l "
"किन र ?"
"किनकि देख्दा सुन्दर यो लट्ठी यति प्रयोग भएको छ कि कुनै शहरी क्षेत्रमा काम गर्नेले प्रयोग गरेको भनेर कल्पना पनि गर्न सकिंदैन l प्रमाणको रुपमा यसको टेक्ने ठाउँमा लगाईएको फलाम धेरै नै घोटिएको छ,त्यसैले अनुमान गर्न सकिन्छ कि यो मान्छेले यो लठ्ठी टेकेर धेरै पैदल यात्रा गरेको छ l
"पूर्णत:सुन्दर",होम्सले भने l
"फेरी त्यसमाथि त्यहाँ "सी.सी.एच. का मित्रहरु" छ, मेरो अनुमान छ,कि Something Hunt नाम गरेको स्थानीय शिकारी समूहका सदस्यहरुलाई उसले सम्भवत: स्वास्थ्य सम्बन्धि सेवा दिएको र त्यसको सट्टामा उनीहरुबाट यो सानो उपहार पाएको हुन सक्छl"
"साँच्चै वाट्सन तिमि आफूलाई माझ्दैछौ,"होम्सले आफ्नो कुर्सि केहि पछाडी तानेर चुरोट सल्काउँदै भने l
"मैले यो भन्नै पर्छ कि मैले प्राप्त गरेका केहि स साना सफलताहरुको कुरा गर्दा तिमि आफू ज्यादै पोख्त भएका बिषयमा समेत तिमीले आफ्ना खुबिहरुलाई कम आँकेका छौ l यस्तो लाग्छ कि तिमि आफैंमा प्रदीप्त छैनौ तर तिमि प्रकाशको राम्रो सुचालक हौ l कोहि मान्छे यस्ता हुन्छन जो आफैमा ज्ञाता हुदैनन् तर ज्ञानलाई राम्ररी फैलाउने शक्ति बोकेका हुन्छन l "म स्वीकार गर्दछु", मेरा प्यारा मित्र "कि म तिमि प्रति सारै ॠणी छु l"
यसभन्दा अघि उनले यति कहिल्यै भनेका थिएनन् र मैले मान्ने पर्छ कि उनका शब्दहरुले मलाई निकै खुशी तुल्याएको थियो किनकि उनका तरिकाहरूलाई सार्वजनिक गर्ने मेरो प्रयास र प्रशंसका शब्दहरुलाई उनले प्राय: बेवास्ता गर्थे जसले मलाई झनक्क रिस उठ्थ्यो l म यो सोचेर पनि खुशी थिएँ कि आजसम्म मैले उनका तरिकाहरुलाई यसरि प्रयोग गर्दै आएको छु कि त्यसमा उनको अनुमोदन प्राप्त हुन्थ्यो नै l उनले मेरो हातबाट त्यो लट्ठी लिए र केहीबेर आफ्ना आँखाले नियाले l त्यसपछि अलि उत्सुकतापूर्वक आफ्नो चुरोट तल राख्दै त्यो लट्ठीलाई झ्यालपट्टि लगेर उन्न्तोदर ताल ( Conves Lens) ले जांच गरे l
"मबाट केहि छुट्न गएको छ?", मैले आफुलाई केहि महत्व दिंदै सोधें l "मलाई बिश्वास छ कि त्यहाँ मैले भेटाउन बाँकी कुनै पनि परिणाममुखी संकेत छैनन्l"

"सामान्य तर चाख लाग्दो "! सोफाको मनपर्ने कुनापट्टि फर्किंदै उनले भने l "यो लट्ठीमा एक दुइ वटा संकेतहरु छन् जसले हामीलाई बिभिन्न धारणाहरु बनाउन सहयोग गर्छ" l
"मबाट केहि छुट्न गएको छ?", मैले आफुलाई केहि महत्व दिंदै सोधें l "मलाई बिश्वास छ कि त्यहाँ मैले भेटाउन बाँकी कुनै पनि परिणाममुखी संकेत छैनन्l"
"मलाई शंका छ कि तिम्रा अधिकांश निचोडहरु गलत थिए l सोझो हिसाबले भन्दा तिमीले मलाई घचघच्यायौ भन्नुको अर्थ तिम्रा भ्रमपूर्ण तथ्यहरुको टिपोट गर्दा म प्राय : सत्यता तर्फ उन्मुख हुन्थेँ l यो कुरामा तिमि सम्पूर्ण रुपमा गलत छैनौ l त्यो मान्छे पक्कै एउटा ग्रामिण स्वास्थ्य कर्मी हो र ऊ पर्याप्त मात्रामा पैदल यात्रा गर्छ l "
"त्यसो भए म सहि थिएँ "
"त्यो हद सम्म "
"तर कुरा त्यति नै त हो "
"होइन होइन मेरा प्यारा वाट्सन , कुरा त्यति मात्र होइन,पटक्कै होइन l उदाहरणका लागि म तिमीलाई सुझाउँछु कि एउटा स्वास्थ्यकर्मीलाई शिकारी समूहबाट भन्दा स्वास्थ्य संस्थाबाट उपहार आउने सम्भावना बढी हुन्छ र त्यस स्वास्थ्य संस्थाको नामको अगाडी C.C. लेखियो भने त्यसले स्वाभाविक रूपमा चेरिंग क्रस भन्ने जनाउँछ l "
"तपाई सहि हुन सक्नुहुन्छ "
No comments:
Post a Comment