Sunday, November 6, 2022

Media Literacy (मिडिया साक्षरता)

परिभाषा

सञ्चार माध्यमबाट सम्प्रेषण भएका सूचना वा सन्देशलाई बुझ्ने, विश्लेषण गर्ने, ग्रहण गर्ने र मूल्याङ्कन गर्न सक्ने क्षमता नै मिडिया साक्षरता हो । सञ्चार माध्यममा निहित सूचना सामग्रीलाई ग्रहण, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने तथा आफ्ना सन्देशहरू विभिन्न मिडिया स्वरूपमा उत्पादन गर्न सक्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ । (पोट्टर, सन् २००५, उद्धृत, अधिकारी, सन् २००९, पृ.६३)


छोटकरीमा भन्ने हो मिडिया साक्षरता मिडियाका विषयवस्तु वा सन्देशलाई बुझ्ने विश्लेषण गर्ने क्षमता हो । मिडिया साक्षरता अभियान बीसौं शताब्दीको मध्यमदेखि पश्चिमा देशबाट थालनी भएको हो।
Media literacy is the ability to access, analyze, evaluate and communicate messages in a wide variety of form.( Thomson & Jolls, 2005, p.190)
थोमसन र जोल्स (सन् २००५,पृ.१८६) का अनुसार मिडिया साक्षरता निम्न पाँचवटा अवधारणासँग सम्बन्धित छ :

मिडिया साक्षरताको प्रकार

  • दृश्यात्मक साक्षरता (Visual literacy)
  • साख्यिक वा डिजिटल साक्षरता (Digital literacy)
  • मिडिया र सूचना साक्षरता ( Media and Information literacy of Media

मिडिया साक्षरताको महत्त्व (Importance of Literacy)

मिडिया साक्षरताको महत्त्वलाई निम्न बँदाहरूमा उल्लेख गर्न सकिन्छ ।
  • समालोचनात्मक विचारलाई प्रोत्साहित गर्दछ।

  • कसरी सूचनालाई पुनः जाँच गर्ने र विभिन्न विचारहरूलाई चिन्ने भान सिकाउँछ।
  • यसले मिडियालाई जिम्मेवार बन्न सहयोग गर्दछ वा सिकाउँछ ।

  • यसले सार्वजनिक वा जनसरोकारका विषय र सन्दर्भहरूमा सहभागी बन्न अभिप्रेरित गर्दछ।

  • कसरी मौलिक वा आफ्नोपनको सामग्री (Content) बनाउने भन्ने सिकाउँछ।

  • पाठकलाई मिडियाले कसरी हाम्रो संस्कृतिमा आघात पुयाउँछ भन्नेबारे सुसूचित गर्दछ।

  • मिडिया सन्देशलाई चिरफार गर्न र सामग्री कत्तिको समाजमैत्री छ भन्ने बताउँछ।

  • मिडियाको व्यक्तिगत र सामाजिक प्रभावका बारेमा सचेत तुल्याउँछ।

  • मिडिया सन्देशको विश्लेषण गर्न र छलफल गर्न सक्ने बनाउँछ।

  • सामग्री (सन्देश) उत्पादन र विश्लेषण गर्ने क्षमता अभिवृद्धि गर्दछ।

No comments: