Sunday, November 6, 2022

मिडिया साक्षरताको आवश्यकता/ महत्व

मिडियालाई व्यापारी वा अन्य शक्तिशाली व्यक्तिहरुले दुरूपयोग गर्न सक्ने तथ्यलाई मनन गरेर मिडिया साक्षरताको सन्दर्भ उठेको हो

नागरिकका हक-अधिकार र कर्तव्य के-के हुन् अर्थात् मिडियाका समाजप्रतिको ्तरदायित्व र जवाफदेही रूपमा प्रस्तुत भएको छ वा छैन भन्ने जानकारी मिडिया साक्षरताले दिन्छ । पाठक, दर्शक वा स्रोतामा मिडियाका कार्य र यसले प्रदान गर्ने सूचना सामग्रीलाई मापन गर्ने र मूल्याङ्कन गर्ने क्षमता र साहस बढाउँछ । त्यसैले पनि मिडिया साक्षरता आवश्यक छ

मिडियाबाट सम्प्रेषण भएका सामग्री वा सन्देशलाई बुझ्ने, ग्रहण गर्ने र मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ । मिडिया साक्षरता बीसौं शताब्दीको मध्यबाट जन्म र विकसित भएको अवधारणा एककाइसौं शताब्दीमा आइपुग्दा निकै चर्चाको विषयवस्तु बनेको छ । यो अडियन्सको शैक्षिकस्तर र बुझाइमा पनि भर पर्दछ । मिडियाप्रति बढ्दै गएको भरोसाले मिडियाले पस्कने सामग्री माथिको विश्लेषणलाई प्रभावित तुल्याउँछ ।

मिडियाकर्मीले सन्देश वा सूचना सामग्री बनाएर मात्र हुँदैन सम्भावित अडियन्समा पर्ने प्रभावबारे पनि त्यतिकै मनन गर्नु जरुरी हुन्छ। नेपालमा मिडिया साक्षरता बढ्दो क्रममा छ। मिडियाले दिएको भन्दा पनि कुन मिडिया र कसले दिएको भनी विश्लेषण गर्ने क्षमता शिक्षित पाठक,दर्शक र श्रोतागणबाट प्रतिक्रिया वा प्रतिसन्देश पस्कने क्रम बढेर गएको पाइन्छ ।

जति मात्रामा साक्षरता बढ्छ उति नै मात्रामा मिडिया सन्देशलाई मूल्याङ्कन गर्ने क्रम बढ्छ । मिडियाको परनिर्भरता सिद्धान्तले मिडिया अडियन्स मिडियाले जे सन्देश प्रस्तुत गर्दछ त्यसमा पूर्णतया भर पर्दछ भन्ने मान्यता राखे पनि मिडिया दुरूपयोग हुन सक्ने खतराबाटै मिडिया साक्षरताको सन्दर्भ उठेको हो ।

इन्टरनेट वा नयाँ माध्यमले समाजमा ल्याएको सकारात्मक भन्दा पनि नकारात्मक पाटासम्बन्धी विश्लषणलाई ध्यानमै राखेर नै विश्वका धेरै मुलुकहरूले साइवर कानून निर्माण गरा कार्यान्वयनमा ल्याइसकेको तथ्य हामीले बिर्सनु हुँदैन ।

No comments: