प्रतिवेदनको आवश्यक रूपरेखा (Essential Outlying of the Report)
कुनै अनुसन्धान वा अध्ययन कार्यको अन्त्य प्रतिवेदन लेखन पश्चात् मात्र पूर्ण भएको मानिन्छ । अध्ययन कार्यमा अपनाइएका विधिहरू र तिनीहरूको आधारमा संकलित तथ्याङ्कहरूको राम्रो प्रस्तुतीकरण र विश्लेषणबाट निकालिएको निष्कर्षको आधारमा प्रतिवेदन तयार हुन्छ । प्रतिवेदनहरू विभिन्न किसिमबाट तयार गर्न सकिने कुरा माथि उल्लेख भैसकेको छ । प्रतिवेदनमा के कति खण्डहरू वा तत्वहरू आवश्यक पर्दछन् भन्ने कुरामा धेरैका आ-आफ्नै तर्कहरू र तरिकाहरू रहेको पाइन्छ । तर पनि अनुसन्धान प्रतिवेदनमा निम्नलिखित तत्वहरू समावेश हुनु आवश्यक छ : १. परिचय (Introduction) अनुसन्धान प्रतिवेदन साधारणतया अनुसन्धानका लागि छनौट गरिएको समस्याबाट आरम्भ हुन्छ । प्रतिवेदकले समस्याको पृष्ठभूमि, प्रकृतिका बारेमा राम्ररी उल्लेख गर्नुपर्दछ । अनुसन्धान समस्यासँग सम्बन्धित केही प्रश्नहरूको जवाफको आधारमा यसको उल्लेख भएमा स्पष्ट हुन्छ । समस्या कसरी मानव व्यवहार र सामाजिक जीवनसँग जोडिएको छ भन्ने कुराको उल्लेख गरी त्यो व्यवहारिक तथा सैद्धान्तिक पक्षको बारेमा स्पष्ट व्याख्या भएमा पाठकहरूले अध्ययनको महत्त्वलाई सजिलै बुझ्न सक्दछन् । यसमा अनुसन्धान समस्याको कथनको साथसाथै त्यसको उद्देश्य, महत्त्व, क्षेत्र जस्ता कुराहरू पनि समावेश हुन्छन् । अध्ययन र अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण कार्यहरू अथवा प्रक्रियाहरूको बारेमा स्पष्ट व्याख्या गर्ने काम यसमा गरिन्छ । P.V. Young ले भने अनुसार यसमा निम्न कुराहरू समावेश हुन्छन् । 1. Concise and clear cut statement as to the nature of the study
२. 4. Scope of the study साहित्यको पुनरावलोकन (Review of Literature) प्रतिवेदन लेखन/ ३३३ अध्ययनको समस्यासँग सम्बन्धित के कति अध्ययन र अनुसन्धानहरू पहिले भैसकेका छन् भन्ने कुराको जानकारी नभएसम्म के कुराको अध्ययन गर्ने अथवा अध्ययनको केन्द्र के बनाउने भन्ने कुरा निक्यौल गर्न कठिन हुन्छ । त्यसैले आफूले चुनेको समस्याको बारेमा आफूभन्दा पहिलेको विद्वान्हरूबाट गरिएका पूर्व अध्ययनहरू 'समीक्षा गर्नुपर्दछ । त्यस्ता अध्ययन र अनुसन्धानहरूको रूपमा विभिन्न पत्र-पत्रिकामा प्रकाशित लेख, रचना, जर्नल, अनुसन्धान रिपोर्ट, पुस्तक आदिलाई लिन सकिन्छ । त्यस्ता विभिन्न अध्ययन र अनुसन्धान कार्यबाट प्राप्त परिणामहरूको विवेचनाबाट मात्र बाँकी रहेको अध्ययन क्षेत्र तथा उद्देश्य पत्ता लगाउन सजिलो पर्दछ । अध्ययनसँग सम्बन्धित विविध कार्यहरूको पुनरावृत्तिबाट आफ्नो अध्ययनलाई निश्चित दिशामा अगाडि बढाउन सकिन्छ । अध्ययनात्मक सामग्रीहरूलाई विभिन्न वर्गहरूमा विभाजन गरेर अध्ययनको विशिष्टता केलाउन सकिन्छ । साहित्यको पुनरावलोकनबाट एकातिर सम्बन्धित समस्याको क्षेत्रमा भएका अध्ययनहरूको प्रयाप्त जानकारी पाउन सकिन्छ भने अर्कोतिर अनुसन्धान कार्य कसरी सम्पन्न गर्न सकिन्छ भन्ने प्रक्रियाको पनि ज्ञान हुन्छ । अध्ययन कार्य विशिष्ट होस् र त्यसको व्यवहारिक उपयोगितामा वृद्धि होस् भन्ने अभिप्रायले अनुसन्धान कार्यमा पूर्व अध्ययनको समीक्षा आवश्यक हुन्छ । कतिपय अवस्थाहरूमा शीर्षकसमेत उचित छनौट नभएको हुन सक्दछ, सामग्रीहरूको अध्ययनबाट त्यसको निरुपण गर्न सकिन्छ । अध्ययनको शीर्षक निश्चित गरिसकेपछि उद्देश्यमा स्पष्ट हुनका लागि पनि सन्दर्भ सामग्रीको अध्ययन आवश्यक छ । पहिलो गरिएका अध्ययनको समीक्षा सैद्धान्तिक तथा व्यवहारिक दुवै किसिमबाट गर्नुपर्दछ । यसको अर्थ पहिले गरिएका अनुसन्धान कार्यहरूलाई कसरी हेरिएको थियो भन्ने कुरा देखाउनुपर्दछ । यसबाट अब गरिने अनुसन्धान कार्य कुन रूपमा अगाडि बढाउने भन्ने कुरा निर्णय गर्न सजिलो हुन्छ। यस प्रकार सन्दर्भ सामग्रीहरूको अध्ययनबाट अनुसन्धानकर्तालाई विभिन्न कुराहरूमा सरलता आउँदछ र स्पष्ट रूपमा अगाडि बढ्न सहयोग पुऱ्याउँदछ । P. V. Young ले यसको महत्त्ववारे बताउँदै भनेकी छन् “सन्दर्भ सामग्रीको निरुपणबाट अध्ययन विषयको सम्बन्धमा अन्तरदृष्टि र सामान्य ज्ञान प्राप्त हुने, शोधकार्यमा उपयोगी पद्धति वा साधन प्रयोग गर्न सहयोग पुग्ने, परिकल्पना निर्माण गर्न सजिलो हुने र सोध पुनारावृत्ति हुँदैन ।' सन्दर्भ सामग्रीहरू पनि मुख्यतया तीन प्रकारका हुन्छन् : 1. प्राथमिक सामग्री (Primary Source):- प्राथमिक स्रोतभित्र यस्ता मौलिक सामग्रीहरू पर्दछन् जुन अनुसन्धानकर्ता आफैँले अन्य स्रोतबाट नभै सोझै आफैं पहिलो पटक प्राप्त गर्दछ । यिनीहरू या त आफ्नो अध्ययनसँग सम्बन्ध राख्ने व्यक्तिहरूले दिएको सूचनाहरूबाट प्राप्त हुन्छन् या चिठ्ठीपत्र, डायरी, कविता, उपन्यास आदिको माध्यमबाट सोझै प्राप्त हुन्छन् ।
2. द्वितीयक सामग्री (Secondary Source) :- अन्य व्यक्ति वा संस्थाले तयार गरेको र अन्य प्रयोजनको लागि उपयोगमा आउने सामग्रीहरू द्वितीयक सामग्री नसक्ने अथवा उसको पहुँचमा नभएका सामग्रीहरू यस किसिमबाट प्राप्त हुन्छन् । (Secondary source) को रूपमा आउँदछन् । अनुसन्धानकर्ता आफैँले संकलन गर्न संकलन गरिने पाठ्यपुस्तक जस्ता सामग्रीहरू तृतीयक सामग्रीहरू अन्तर्गत पर्दछन् । 3. तृतीयक सामग्री (Tertiary Source) :- सहायक सामग्रीहरूबाट यी सामग्रीहरूबाट हरेक कुराहरूको जानकारी प्राप्त गर्न कठिन हुन्छ र प्राप्त सूचनाहरूमा पनि विश्वसनीयता कम रहेको हुन सक्छ । प्राथमिक र सामग्रीहरूको अभाव भएमा मात्र यी सामग्रीहरू प्रयोगमा ल्याइन्छ । द्वितीयक सारांशमा भन्नुपर्दा अनुसन्धान कार्यको व्यापक जानकारीका लागि तथा अगाडि गरिने अध्ययन, अनुसन्धानको स्पष्टताको लागि पूर्व साहित्यहरूको समीक्षा गर्नु जरूरी हुन्छ । ३. fafu (Methodology) 1 कुनै प्रतिवेदन पढिसकेपछि त्यो सम्पूर्ण अध्ययनको राम्रो जानकारी हुनुपर्दछ पाठकलाई त्यसमा प्रयोग गरिएको तथ्याङ्क संकलन विधि, प्रस्तुतीकरण र विश्लेषण विधिहरूको बारेमा स्पष्ट ज्ञान प्राप्त हुने गरी उल्लेख गरिएको हुनुपर्दछ । पढने हरूले प्रतिवेदनमा समावेश गरिएको अनुसन्धान रचना तथ्याङ्कको प्रकृति, स्रोत आदि सम्बन्धमा स्पष्ट ज्ञान प्राप्त गर्न जिज्ञासु रहन्छन् । त्यति मात्र होइन प्रश्न कस्ता सोधिएका होलान् ? अन्तर्वार्ता कसरी लिइएको होला, कुन रणनीति अपनाइएको होला ? भन्ने सम्बन्धमा पनि त्यत्तिकै चासो राख्दछन् । संकलित तथ्याङ्कहरूको लागि मापन प्रक्रिया कसरी अपनाइयो ? कुन आधारमा चरहरू बीचको सम्बन्ध स्थापना गरियो भन्ने कुरा पनि जान्न खोज्दछन् त्यस्तै अध्ययनका लागि छानिएको क्षेत्रमा कति नमूना (Sample) छनौट गरियो ? कुन आधारमा गरियो ? समग्र कति थियो भन्ने बारेमा पनि जानकारी स्पष्ट हुनुपर्दछ । पाठकहरूले अध्ययनको उद्देश्य तथा त्यसका विशेषताहरूको बारेमा जान्ने अपेक्षा राखेका हुन्छन् । यी सबै कुराहरूको सूचनाहरू अत्यन्तै स्पष्ट र सरल रूपमा व्यक्त गरिएको हुनु पर्दछ । नमूनाको आकारको आधारमा पनि कतिपय पाठकहरू अध्ययनको सत्यताको बारेमा अनुमान लगाउन सक्दछन् । त्यसैले सबै तथ्यहरूको पुष्टि प्रयाप्त प्रमाणहरूको आधारमा गर्नुपर्दछ । पुष्टि नगरिएका तथ्यहरू अर्थपूर्ण नहुन पनि सक्दछन् । यदि अनुसन्धानकर्ताले अत्यन्तै जटील विधि प्रयोग गरेको छ भने त्यसलाई विशेष व्याख्याको आधारमा स्पष्ट पार्नुपर्दछ । सम्बन्धित विषयको राम्रो व्याख्या गरेर मात्र यस्ता प्रयोगहरूको मेल समावेश गर्नुपर्दछ । प्रतिवेदनमा प्रस्तुत घटनाहरूको क्रम मिल्नुपर्दछ र प्रतिवेदकले नै घटनाहरूको क्रमको बारेमा पहिले नै निर्धारण गरेको हुनुपर्छ । यस प्रकार कुनै अनुसन्धान प्रतिवेदन तयार गर्दा अनुसन्धानको क्षेत्र छनौटदेखि लिएर Sampling method, Sample size तथा अनुसन्धान प्ररचना, तथ्याङ्क प्रस्तुतीकरणको विधि, विश्लेषण पद्धति जस्ता अनुसन्धानका प्रक्रियाहरूलाई उल्लेख गर्नुपर्दछ । अनुसन्धान प्रक्रियाको समग्र स्वरूपलाई नै विधि
(Methodology) भनिन्छ । ४. उद्देश्यमूलक संगठन (Thematic प्रमुख पाठ्यवस्तुको organization of the main Text) अनुसन्धान कार्यमा संकलन गरिएका तथ्याङ्कहरूलाई व्यवस्थित ढंगबाट प्रस्तुत गरेर निष्कर्षमा पुग्ने कार्य प्रतिवेदनको मुख्य खण्डको रूपमा रहन्छ । यस खण्डमा तथ्याङ्कहरूको प्रकृति-अनुसार वर्गीकरण गरेर, एकै प्रकारको निष्कर्षको लागि आवश्यक पर्ने तथ्याङ्कहरूलाई एउटा समूहमा राखेर उपयुक्त प्रस्तुतीकरण गरिन्छ । सबै प्रकारका तथ्यहरूको अर्थपूर्ण विवेचना र छलफल गरिएको हुनुपर्दछ । यथार्थ तथ्यहरूको आधारमा विशिष्ट निष्कर्षमा पुग्ने प्रयत्न गर्नुपर्दछ । फरक प्रकृतिका तथ्याङ्कहरू भएमा तिनीहरूको प्रस्तुतीकरण र विश्लेषण अलग अलग अध्यायमा गर्नु राम्रो हुन्छ । साना साना अध्यायमा विभाजन गरेर व्यवस्थित र क्रमवद्ध रूपमा तिनीहरूलाई मिलाएर व्याख्या गर्नु सान्दर्भिक नै हुन्छ । मुख्य खण्डमा नै वास्तवमा अनुसन्धानको उद्देश्य केन्द्रित रहन्छ । यो खण्ड आकर्षक र उद्देश्यमूलक नभएमा प्रतिवेदन लेखन कार्य सफल मानिदैन । यसका लागि प्रतिवेदनले अनुसन्धानको उद्देश्यलाई ध्यानमा राखेर तयार गर्नुपर्ने हुन्छ । सबै प्रतिवेदनमा एकै किसिमबाट प्रस्तुत गर्नुपर्दछ भन्ने मान्यता नभए पनि मुख्य खण्ड आकर्षक, व्यवस्थित र उद्देश्यमूलक हुनुपर्दछ । सकभर कुनै विशिष्ट उद्देश्यका लागि छुट्टै अध्यायमा विश्लेषण र प्रस्तुत गरेमा उपयुक्त हुन्छ । निष्कर्ष (Conclusions) अनुसन्धानको कार्यलाई व्यवस्थित रूपमा प्रस्तुत गरेर विश्लेषण गर्ने कार्य मुख्य खण्डमा सम्पन्न हुन्छ । तथ्याङ्कहरूको विश्लेषण कुनै विशेष निष्कर्षमा पुग्नका लागि गरिन्छ । विश्लेषणको आधारमा अनुसन्धानको उद्देश्य हासिल भयो वा भएन, पूर्व रूपमा कुनै परिकल्पना निर्माण गरेको भए परीक्षण पुनः परीक्षणबाट सत्य सावित भयो वा भएन र अन्य त्यस्तै प्रमुख प्राप्ति (Major findings) के भयो भन्ने कुराहरू निष्कर्षमा उल्लेख हुन्छ । अनुसन्धान कार्य कुन उद्देश्यका लागि गरिएको हो र त्यसबाट अन्तमा के प्राप्ति भयो भन्ने अन्त नै निष्कर्ष हो । निष्कर्षले सम्पूर्ण सोधलाई एउटा सानो रूपमा गाँस्ने काम गर्दछ । अघिल्ला अध्यायहरूको विश्लेषणको आधारमा प्राप्त भएका तथ्यहरूलाई समावेश गर्दै तिनीहरूको निचोडको रूपमा निष्कर्ष निकाल्नुपर्दछ । निष्कर्षको साथमा अनुमान प्रश्नको सूची समावेश गरियो भने अझ राम्रो मानिन्छ किनभने अगाडि गरिने अध्ययनहरूबाट त्यसको जवाफ खोज्न सकिन्छ । पाठकले निष्कर्ष मात्र पढ्दा पनि अनुसन्धानको पूर्णता र त्यसबाट भएको सकारात्मक उपलब्धिको रूपमा लिन सक्ने हुनुपर्दछ । अनुसन्धानको क्षेत्र र उद्देश्यलाई हेरेर निष्कर्षलाई अन्तमा सारांशको रूपमा अथवा छुट्टै अध्यायमा समावेश गर्न सकिन्छ ।३३६ / समाजशास्त्रीय र मानवशास्त्रीय अनुसन्धान पद्धति
टिप्पणी (Notes) अनुसन्धान वा अध्ययन प्रतिवेदनमा उल्लेख गरिने कतिपय वाक्यहरू अथवा 'शब्दहरूको सम्बन्धमा पाठकहरू अस्पष्ट अथवा द्विविधा वा अन्यौलमा पर्न सक्दछन् । कतिपय अवस्थामा प्रतिवेदकले लेख्न खोजेको कुराको अनर्थ पनि लाग्न सक्दछ । त्यसैले प्रतिवेदनको कुनै स्थानमा उल्लेखित शब्द वा शब्दावलीको अर्थ र सन्दर्भ स्पष्ट पार्नका लागि अन्तमा टिप्पणी (Notes) को रूपमा अथवा सम्बन्धित पेजमा नै पाद टिप्पणी (Foot notes) को रूपमा लेख्न सकिन्छ । टिप्पणीले गर्दा प्रतिवेदन अझ स्पष्ट र आकर्षक हुन्छ भने विश्वसनीयतामा पनि वृद्धि हुन्छ ।
टिप्पणी दुई किसिमबाट लेख्न सकिन्छ । पहिलो प्रकारमा कुनै लेखकको कृतिबाट निकालिएको हो भने लेखक, कृति, पेज आदि उल्लेख गरी पाद टिप्पणीको आधारमा स्पष्ट पार्न सकिन्छ । दोस्रो प्रकारमा लेखनको कुनै स्थानमा समावेश गरिएका अस्पष्ट तथ्यहरू वा शब्दहरू कहाँ, कसरी, कुन अर्थमा प्रयोग भएका छन् भन्ने खुलाएर टिप्पणीहरूलाई प्रतिवेदनको अन्तमा राख्न सकिन्छ ।
७.. उल्लेख वा उद्धरण (Citation) प्रतिवेदन लेखन कार्यमा अन्य सामग्रीहरूको समीक्षा गरी निकालिएका कुराहरूलाई उल्लेख्य पेजको तल लेखकको नाम, कृति, वर्ष, पेज जस्ता तथ्यहरू समावेश गरी उल्लेख गरिन्छ । यसबाट कुन लेखकले सम्बन्धित समस्याको बारेमा कहिले, के, अध्ययन गरी कस्तो निष्कर्षमा पुगेको रहेछ भन्ने कुरा पाठकले केलाउन सक्दछ । विशेष गरी साहित्यको पुनरावृत्ति भन्ने अध्यायमा यस्ता उद्धरणका कुराहरू रहन्छन् भने अन्य भागहरूमा सम्वन्धित स-साना तथ्यहरू ल्याएर जोडियो भने पनि त्यसलाई तल उद्धृत (Cite) गरिन्छ ।
हरेक पेजमा गरिने उद्धरणमा साधारणतया लेखक, कृति, वर्ष, पेज, प्रकाशनका कुराहरू समावेश गर्नु राम्रो हुन्छ । यसबाट पाठकले बढी जान्न चाहेमा आफैँले सँगत गर्न पनि सक्दछ । यसरी धेरै ठाउँमा धेरै पटक उल्लेख गर्नु पयो भने अन्य छोटकरी रूपहरू प्रयोग गर्न सकिन्छ । cf. Chap Col. - - Diss. ed. ed. cit. - eg. et. al et. alibi et. seq. - - -confer, consult, compare Chapter (L) or Ca (Approximate date) Column Dissertation edited, editor, edition The edition previously cited for example and others And elsewhere And the following
fig. figs. - Figure or figures. fn. Footnote . The same page
८. प्रतिवेदन लेखन ३३७
ibid
id.
i.e.
Item, the same
-
That is
op. cit.
-
In the work cited
n.d.
Sec.
-
loc.cit.
- No date of publication
Section
In the place cited
सन्दर्भ सामग्रीहरू (References) प्रतिवेदनमा संग्रह वा संगत गरिएका सम्पूर्ण पुस्तक, रचना, लेख आदिको सूचीलाई सन्दर्भ ग्रन्थ सूची भनिन्छ । प्रतिवेदनको निष्कर्ष र सारांश पछाडी यसलाई समावेश गरिन्छ । यस्तो सूची लेखकहरूको नामको अन्तिम अक्षर (Alphabet) को आधारमा मिलाएर राखिन्छ अथवा यसलाई वर्णानुक्रमको आधारमा (on the basis of alphabetical order) मिलाएर राखिन्छ ।
सन्दर्भ ग्रन्थहरूलाई उल्लेख गर्दा लेखकको नाम, उसको कृति वा लेख, प्रकाशित वर्ष, प्रकाशन, पत्र-पत्रिका वा मौखिक भनाई सबै प्रष्ट रूपमा उल्लेख गरिनुपर्दछ ।
जस्तै:- Adhikari R.R. and Gautam T.R., 2000 Research Methods in Sociology and Anthropology; doids Vidyarthi Pustak Bhandar Bhotahity, Kathmandu. Gautam, T.R., 1999 Perspectives on Development; on Development; Vidyarthi Pustak Bhandar, Bhotahity, Kathmandu. Kothari, C.R., 1978 Quantitative Techniques; New Delhi, Vikash Publishing House Pvt. Ltd. Wilkinson T.S. and Bhandarkar, P. L. 1984 Methodology and Techniques of Sociological Research, Himalayan Publishing House, Bombay. त्यस्तै गरेर Magazines र Newspapers मा भने अलि फरक रूपमा सूचित गरिन्छ । यसमा लेखकको नाम (पछिल्लो), लेखको नाम (Quotation mark मा), पत्र पत्रिकाको नाम, वर्ष अंक, प्रकाशन मिति र पेज उल्लेख गर्नुपर्दछ । जस्तै:- Robert V. Roosa "Coping with Short-term International Money Flows", The Banker, London, September, 1971. p. 995.