Wednesday, February 21, 2024

मोबाइल पत्रकारिता : गोजीको समाचारकक्ष


मोबाइल पत्रकारिता : गोजीको समाचारकक्ष


'स्मार्टफोन' शब्द सन् १९९५ देखि चलनचल्तीमा आयो । त्योभन्दा


तीन वर्ष अगाडि नै सन् १९९२ मा अमेरिकी प्रविधि कम्पनी


आइबिएमले साइमन नामको मोबाइल फोन बजारमा ल्याएको थियो (टुड्डी, २०१५) । साइमनको आगमनसँगै मोबाइल फोन 'केबल आवाजमा दोहोरो कुराकानी गर्ने डिभाइस' मा मात्र सीमित भएन, यसले त एउटा स्मार्टफोन युगको सुरुवात नै गरायो ।


जब सन् २००७ मा एप्पलको आइफोन आयो, स्मार्टफोन प्रविधिले अर्को छलाङ मार्यो । आज विश्वका साढे तीन अर्ब मानिसले स्मार्टफोन प्रयोग गर्छन् । साधारण मोबाइल फोनका प्रयोगकर्तासमेत जोड्ने हो भने यो सङ्ख्या झन्डै पाँच अर्ब पुगेको छ (स्टाटिस्टा, २०२०) । यो तथ्याङ्कले के प्रस्ट देखाउँछ भने आजको दिनमा मोबाइल फोन आम जीवनको एउटा हिस्सा नै बनिसकेको छ ।


पछिल्लो समय स्मार्टफोनको उत्पादन तथा यसमा थपिँदै गएका सुविधाहरू, सुधार गरिएको क्यामेराको गुणस्तर, तीव्र इन्टरनेट कनेक्टिभिटी, धेरै समय टिक्ने ब्याट्री, तथ्याङ्क संग्रह र प्रशोधनको क्षमता वृद्धिले गर्दा दिन प्रतिदिन यो लोकप्रिय बन्दै गएको छ ।


हरेक दिन सयौंको सङ्ख्यामा नयाँ सफ्टवेयर एपहरू मोबाइल फोनकै लागि थपिँदै गएका छन् । कुनै ठाउँसम्म पुग्ने बाटोको जानकारी पाउन होस् या जुनसुकै ठाउँबाट आफ्नो परिवार, साथी वा कार्यालयमा सम्पर्कमा रहनका लागि होस्, मोबाइल फोनले हाम्रो जीवनमा सहजता थपेको छ । यस्तै, म़ामाजिक सञ्जालको आफ्नो प्रोफाइल समुद्री किनार वा ३० हजार फिटमाथ

उडिरहेको बेला अपडेट गर्ने, मोबाइलकै भर्चुअल पैसाबाट कारोबार गर्नेजस्ता व्यवहार पनि सामान्य भइसके ।


मोबाइल फोनको चमत्कारी विकासले अरू पेसा र व्यवसाय जस्तै पत्रकारितालाई पनि ठूलो प्रभावमा पारेको छ । यसको प्रयोगले सूचना सङ्कलन, सम्प्रेषण, प्रशोधन र वितरण प्रक्रियामा एउटा औजारको रूपमा मात्र नभई पत्रकारिताको पेसागत अभ्यासमा आधारभूत रूपमै धेरै परिवर्तन ल्याइदिएको छ । पत्रकारिताको साधन र माध्यमको रूपमा मोबाइल फोनको प्रयोग व्यापक हुन थालेपछि डिजिटल पत्रकारिताभित्र मोबाइल पत्रकारिता एउटा विधाकै रूपमै विकास भइसकेको छ । अंग्रेजीमा मोबाइल जर्नलिजम् भनिने यो विधालाई छोटकरीमा 'मोजो' भनेर पनि चिनिन्छ ।


मोबाइल पत्रकारिता के हो ?


मोबाइल पत्रकारिता डिजिटल स्टोरी टेलिङको एउटा रूप हो जहाँ फोटो, अडियो र भिडियो सिर्जना गर्न र सम्पादन गर्न प्रयोग गरिने प्राथमिक उपकरण नै स्मार्टफोन हो । धेरै मोबाइल पत्रकारहरूले आफ्नो कामका दौरान ल्यापटप र डिएसएलआर जस्ता अन्य पोर्टेबल उपकरणहरू प्रयोग गर्दछन्, तर मोबाइल पत्रकारिताको भने मुटु नै स्मार्टफोन हो । त्यसैले नै मोबाइल पत्रकारितालाई 'मिडियाको स्टोरी टेलिङका लागि कामको नयाँ प्रवाह' मानिएको छ जहाँ पत्रकारहरू पूर्णरूपमा गतिशील र स्वायत्त हुनका लागि प्रशिक्षित र सुसज्जित हुन्छन् । मोबाइल पत्रकारिताको यो नै अहिलेको व्यापक रूपमा स्वीकारिएको परिभाषा पनि हो ।


बुरूम र क्वेन (२०१६) का अनुसार मोबाइल पत्रकारिता रिपोर्टिङको एउटा सिर्जनशील तरिका हो जसमा समाचार सामग्री उत्पादन र संयोजन गर्न मोबाइल फोनको मात्र प्रयोग हुन्छ । यस्तो रिपोर्टिङमा बढीजसो भिडियो सामग्री हुने भएपनि अडियो, स्लाइड सो, तस्बिर र शाब्दिक सामग्री पनि हुन सक्छन् । यस्ता सामग्री वाइफाई वा मोबाइल डेटाका माध्यमबाट स्थलगत रूपमै तयार गरिन्छ ।


मोबाइल पत्रकारिता एउटा विशिष्ट वातावरणमा हुन्छ । जहाँ घटना भइरहेको हुन्छ त्यहीँ नै समाचार कक्ष पुगेको हुन्छ । अर्थात् हामीले परम्परागत 



रूपमा बुझ्दै आएका समाचार कक्षका प्रक्रिया गोजीमा अट्ने सानो डिभाइसबाट स्थलगत रूपमै पूरा गर्न सम्भव हुन्छ। पत्रकारले नयाँ 



'स्मार्टफोन' शब्द सन् १९९५ देखि चलनचल्तीमा आयो । त्योभन्दा


तीन वर्ष अगाडि नै सन् १९९२ मा अमेरिकी प्रविधि कम्पनी


आइबिएमले साइमन नामको मोबाइल फोन बजारमा ल्याएको थियो (टुड्डी, २०१५) । साइमनको आगमनसँगै मोबाइल फोन 'केबल आवाजमा दोहोरो कुराकानी गर्ने डिभाइस' मा मात्र सीमित भएन, यसले त एउटा स्मार्टफोन युगको सुरुवात नै गरायो ।


जब सन् २००७ मा एप्पलको आइफोन आयो, स्मार्टफोन प्रविधिले अर्को छलाङ मार्यो । आज विश्वका साढे तीन अर्ब मानिसले स्मार्टफोन प्रयोग गर्छन् । साधारण मोबाइल फोनका प्रयोगकर्तासमेत जोड्ने हो भने यो सङ्ख्या झन्डै पाँच अर्ब पुगेको छ (स्टाटिस्टा, २०२०) । यो तथ्याङ्कले के प्रस्ट देखाउँछ भने आजको दिनमा मोबाइल फोन आम जीवनको एउटा हिस्सा नै बनिसकेको छ ।


पछिल्लो समय स्मार्टफोनको उत्पादन तथा यसमा थपिँदै गएका सुविधाहरू, सुधार गरिएको क्यामेराको गुणस्तर, तीव्र इन्टरनेट कनेक्टिभिटी, धेरै समय टिक्ने ब्याट्री, तथ्याङ्क संग्रह र प्रशोधनको क्षमता वृद्धिले गर्दा दिन प्रतिदिन यो लोकप्रिय बन्दै गएको छ ।


हरेक दिन सयौंको सङ्ख्यामा नयाँ सफ्टवेयर एपहरू मोबाइल फोनकै लागि थपिँदै गएका छन् । कुनै ठाउँसम्म पुग्ने बाटोको जानकारी पाउन होस् या जुनसुकै ठाउँबाट आफ्नो परिवार, साथी वा कार्यालयमा सम्पर्कमा रहनका लागि होस्, मोबाइल फोनले हाम्रो जीवनमा सहजता थपेको छ । यस्तै, म़ामाजिक सञ्जालको आफ्नो प्रोफाइल समुद्री किनार वा ३० हजार फिटमाथि


९०, तत्कालै र सशक्त रूपमा आफ्ना अडियन्सलाई समाचार सामग्री सम्प्रेषण गर्न सक्छन् (बुरूम र क्वेन, २०१६) ।


परम्परागत रूपमा गरिँदै आएको पत्रकारितामा एउटा रिर्पोट तयार गर्न पत्रकार, क्यामेरापर्सन, दृश्य सम्पादक, सम्पादकसहित धेरै जनशक्ति आवश्यक हुन्छ । प्रसारणका लागि पनि उति नै समय लाग्छ । यसको सम्पादन, प्रसारणका लागि धेरै वटा र महंगा उपकरणहरू पनि आवश्यक पर्दछन् । आज, एउटा स्मार्टफोनको माध्यमबाट एक पत्रकारले स्वतन्त्र रूपमा सबै चरणहरू आफैँ सम्हाल्दै अति कम समयमा समाचार र अरू सम्पादकीय सामग्री तयार गर्न सक्दछ । उसले अडियो रेकर्ड, फोटोहरू लिन, भिडियो सम्पादन गर्ने, सामग्री लेख्ने र आफनो समाचार आउटलेटमा तत्काल फिल्डबाटै पोस्ट गर्नेजस्ता सबै काम मोबाइलबाटै गर्न सक्दछ । यसको प्रयोगले पत्रकारको गतिशीलता, स्वतन्त्रता र काम गर्ने क्षमता समेत वृद्धि गरिदिएको छ ।


गोजीमा अट्ने सानो डिभाइसमै शक्तिशाली क्यामेरा, स्तरीय अडियो रेकर्डर र कम्प्युटर सफ्टवेयरहरूको विकल्पका रूपमा आएका मोबाइल एप्लिकेसनहरूले नयाँ पुस्ता र डिजिटल पत्रकारिताका अभ्यासकर्तालाई मात्र होइन, परम्परागत मिडिया हाउसहरूलाई पनि लोभ्याएको छ । खासगरी, सन् २००९ पछिको समयमा नाम चलेका समाचार संस्थाले विश्वभर नै मोबाइल प्रविधिलाई प्राथमिकतामा राख्दै लगेका छन् ।


बिबिसीले आफ्नै पोर्टेबल न्यूज ग्यादरिङ (पिएनजी) नामक एपको विकास गरेको छ, जसबाट रिपोर्टरले रेकर्ड गर्न, सम्पादन गर्न र भिडियो, अडियो, र फोटोहरू सिधै समाचार कक्ष उत्पादन प्रणालीमा पठाउन सक्छन् । यस्तै अलजजिराले आफ्नो च्यानल एजे प्लसलाई मोबाइल पत्रकारितामै केन्द्रित गदै संचालन गरेको छ । भारतको एनडिटिभीले मोबाइलको प्रयोगबाट पूरै न्युजरुम संचालन गदै आइरहेको छ ।


कतिपय मिडिया हाउस परम्परागत प्रकाशनहरू बन्द गर्दै डिजिटाइजेसनमा गइसकेका छन् । पत्रकारितामा अहिले 'वन म्यान आर्मीको अवधारणा लागू हुँदै गएको छ। फोटो/भिडियो खिच्ने, रिपोटिङ गर्ने र त्यसलाई सम्पादन गर्ने 






मोजोका १२ औजार


मानसिकता परिवर्तन : मोजो जान्नु भनेको पूर्ण रूपमा कोमको नयाँ प्रवाहलाई अंगीकार गर्नु हो । त्यसैले पहिला पक्का हुनुहोस् - के तपाईं र तपाईंको संगठन वास्तवमै यसको लागि तयार छ ?


स्मार्टफोन : आइफोन वा एन्ड्रोइड जुनसुकै फोन भए पनि दुवै राम्रोसँग काम गर्दछ । याद गर्नुपर्ने कुरा के मात्र हो भने के मैले प्रयोग गरिरहको मोडेलमा राम्रो क्यामेरा छ कि छैन ?


ट्राइपोड : अन्तर्वार्ता, फूटेज वा क्यामेरा पिसको लागि एक फुल साइज ट्राइपोड आवश्यक हुन्छ । तर विचार गर्नुहोस्- यो बलियो, कम्प्याक्ट र हल्का छ कि छैन ?


माइक्रोफोन : अन्तर्वार्ताको लागि पिन माइक्रोफोन, क्यामेराका जोड्ने रिपोर्टर माइक र एम्बियन्स ध्वनिको लागि सटगन माइक । प्याक गर्नुअघि जाँच गर्नुहोस्- यिनले काम गर्छन् कि गर्दैनन् ?


भिडियो लाइट : यो अति आवश्यक त हैन । तर हेल्चेक्र्याइँ नगरी विचार गरेर निर्णय लिनुहोस्- कतै तपाईं इन्डोर वा रातको सुटिङजस्ता विशेष अवस्थामा त पर्दै हुनुहुन्न ?


पावर बैंक : भिडियो सुटिङ गर्दागर्दै तपाईंको फोनको ब्याट्री सकिन सक्छ । त्यसैले पक्का गर्नुहोस्- तपाईंसँग भरपर्दो पावर बैंक छ कि छैन ?


रिग : विशेष आवश्यकताको लागि उत्तम रिग किन्नुहोस् । तर किन्दा राम्ररी ख्याल गर्नुहोस्- के यो आरामदायक र भरपर्दो छ ? के यसले सबै उपकरणलाई सुरक्षित रूपमा समात्ला ?


केबल र कनेक्टरहरू : केबुल चार्ज गर्नदेखि माइक एडप्टरहरू र अन्य डोंगलहरूका लागि एउटा सानो झोला तयार गर्नुहोस् र यसलाई






यस्ता औजारले काम गर्न सजिलो मात्र बनाउँदैनन्, छायाङकनमा थप सिर्जनशिलता प्रयोग गर्ने अवसर पनि दिन्छन् । यस्ता अतिरिक्त औजारले हातबाट मोबाइल फोन खसेर हुनसक्ने क्षतिबाट पनि जोगाउँछन् । रिमोटबाट चल्ने कतिपय औजारको प्रयोग गरेर टाढैबाट क्यामेरा र गति नियन्त्रण राख्न सकिन्छ ।


अतिरिक्त लेन्स : डिएसएलआर क्यामेरामा जस्तै स्मार्टफोनका लागि पनि अतिरिक्त लेन्सहरूको उपयोग गर्ने चलन बढेको छ। टेलिफोटो, फिसआई, वाइड एड्गल जस्ता विविधता भएका लेन्स प्रयोग गरेर स्मार्टफोनको नियमित लेन्सबाट सम्भव नहुने फोटो र भिडियो लिन सकिन्छ । यस्ता लेन्सको प्रयोगले तस्विरमा विविधता दिने मात्र होइन, सिर्जनात्मक अभिव्यक्तिको दायरा पनि फराकिलो पारिदिन्छन् (स्टेइनर, २०१८ ) ।


अतिरिक्त लाइट : खासगरी स्मार्टफोनको आकारका कारण ठूलो आकारका क्यामेरा सेन्सर राख्न सम्भव हुँदैन । सानो आकारका सेन्सरले कम प्रकाश भएको अवस्थामा राम्रो तस्बिर लिन सक्दैनन् । त्यसैले अतिरिक्त लाइट आवश्यक हुन्छ (बुग्रेस, २०२०) । प्राय: स्मार्टफोनमा क्यामेरासँगै फ्ल्यास लाइटको पनि सुविधा हुन्छ । तर व्यावसायिक फोटो वा भिडियोको लागि ‘इनबिल्ट फ्ल्यास’ पर्याप्त नहुन सक्छ । आजकल बजारमा गोजीमै अट्ने लिड लाइटहरू उपलब्ध छन् ।


अतिरिक्त माइक्रोफोन : कतिपय स्मार्टफोनमा हुने माइक्रोफोनले प्रसारणयोग्य गुणस्तरको अडियो क्याप्चर गर्न सक्दैनन् । स्तर पुग्ने माइकहरू पनि सबै परिस्थितिका लागि उपयुक्त हुँदैनन् । स्मार्टफोनको हेडफोन जोड्ने ज्याकमा अतिरिक्त माइक्रोफोन जोडेर सामग्रीको स्तरलाई वृद्धि गर्न सकिन्छ । वायरलेस माइक्रोफोनहरूको प्रयोग पनि बढ्दै गएको छ ।


सफ्टवेयर एप्स : क्यामेरा, लाइट, माइक्रोफोन जस्ता स्मार्टफोनमा पहिल्यै उपलब्ध र पछि जोडिएका अतिरिक्त हार्डवेयर औजारलाई परिचालन र नियन्त्रण गर्ने काम फोनमा हुने सफ्टवेयर अर्थात् एपहरूले गर्छन् । स्तरीय हार्डवेयर हुँदाहुँदै पनि उपलब्ध एप्समा सुविधाहरू सीमित छन् भने सोचेजस्तो फोटोग्राफी सम्भव हुँदैन । त्यसैले व्यावसायिक स्मार्टफोन फोटोग्राफीलाई लक्षित गरेर बनाइएका एपहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।


स्मार्टफोन एप्सहरू कतिपय निःशुल्क त कतिपय पैसा लाग्ने खालका




 

No comments: