Posts

Showing posts from November, 2012

बास्करभिलको शिकारी कुकुर

Image
बास्करभिलको शिकारी  कुकुर  ( सर  आर्थर  कोनन डोएलको  चर्चित  जासूसी उपन्यास   The Hound of the Baskervilles     को  नेपाली  संस्करण  ) अनुबाद   दुस्प्रयास  : साजन सुबेदी  भाग 1  मिस्टर  शर्लक होम्स राति अबेरसम्म  जागा  बस्नु न परेका  एकाध  बेला बाहेक प्राय: बिहान सधै ढिलो उठ्ने शर्लक होम्स ब्रेकफास्ट टेबल अगाडी बसेका थिए l  मैले आगो ताप्ने ठाउँ  नजिकै उभिएर  अघिल्लो रति एउटा अपरिचित  पाहुना ले  छोडेर गएको लट्ठी   टिपें l बिजुलीको चिम आकारको टाउको भएको यो राम्रो र बाक्लो  काठले बनेको " पेनांग लयर " प्रकारको लट्ठी थियो । टाउकोको ठिक्क मुनि एउटा झन्डै 1 इन्च  फराकिलो  चाँदीको फित्ता  ठोकिएको   थियो l त्यसको तल सन्  1884 को मिति राखेर "जेम्स मोर्टीमर,एम.आर.सी.एस.,   को लागि सी.सी.एच. का  साथीहरुको तर्फबाट" भन्ने कुँदिएको थियो l यो एउटा  पुरानो ढाँचाको  पारिबारिक  स्वास...