प्रतिवेदन (REPORT WRITING)
प्रतिवेदनको आवश्यक रूपरेखा (Essential Outlying of the Report) कुनै अनुसन्धान वा अध्ययन कार्यको अन्त्य प्रतिवेदन लेखन पश्चात् मात्र पूर्ण भएको मानिन्छ । अध्ययन कार्यमा अपनाइएका विधिहरू र तिनीहरूको आधारमा संकलित तथ्याङ्कहरूको राम्रो प्रस्तुतीकरण र विश्लेषणबाट निकालिएको निष्कर्षको आधारमा प्रतिवेदन तयार हुन्छ । प्रतिवेदनहरू विभिन्न किसिमबाट तयार गर्न सकिने कुरा माथि उल्लेख भैसकेको छ । प्रतिवेदनमा के कति खण्डहरू वा तत्वहरू आवश्यक पर्दछन् भन्ने कुरामा धेरैका आ-आफ्नै तर्कहरू र तरिकाहरू रहेको पाइन्छ । तर पनि अनुसन्धान प्रतिवेदनमा निम्नलिखित तत्वहरू समावेश हुनु आवश्यक छ : १. परिचय (Introduction) अनुसन्धान प्रतिवेदन साधारणतया अनुसन्धानका लागि छनौट गरिएको समस्याबाट आरम्भ हुन्छ । प्रतिवेदकले समस्याको पृष्ठभूमि, प्रकृतिका बारेमा राम्ररी उल्लेख गर्नुपर्दछ । अनुसन्धान समस्यासँग सम्बन्धित केही प्रश्नहरूको जवाफको आधारमा यसको उल्लेख भएमा स्पष्ट हुन्छ । समस्या कसरी मानव व्यवहार र सामाजिक जीवनसँग जोडिएको छ भन्ने कुराको उल्लेख गरी त्यो व्यवहारिक तथा सैद्धान्तिक पक्षको बारेमा स्पष्ट व्याख्या भएमा पाठकहरूले...