Posts

Showing posts from February, 2024

मोबाइल पत्रकारिता : गोजीको समाचारकक्ष

मोबाइल पत्रकारिता : गोजीको समाचारकक्ष 'स्मार्टफोन' शब्द सन् १९९५ देखि चलनचल्तीमा आयो । त्योभन्दा तीन वर्ष अगाडि नै सन् १९९२ मा अमेरिकी प्रविधि कम्पनी आइबिएमले साइमन नामको मोबाइल फोन बजारमा ल्याएको थियो (टुड्डी, २०१५) । साइमनको आगमनसँगै मोबाइल फोन 'केबल आवाजमा दोहोरो कुराकानी गर्ने डिभाइस' मा मात्र सीमित भएन, यसले त एउटा स्मार्टफोन युगको सुरुवात नै गरायो । जब सन् २००७ मा एप्पलको आइफोन आयो, स्मार्टफोन प्रविधिले अर्को छलाङ मार्यो । आज विश्वका साढे तीन अर्ब मानिसले स्मार्टफोन प्रयोग गर्छन् । साधारण मोबाइल फोनका प्रयोगकर्तासमेत जोड्ने हो भने यो सङ्ख्या झन्डै पाँच अर्ब पुगेको छ (स्टाटिस्टा, २०२०) । यो तथ्याङ्कले के प्रस्ट देखाउँछ भने आजको दिनमा मोबाइल फोन आम जीवनको एउटा हिस्सा नै बनिसकेको छ । पछिल्लो समय स्मार्टफोनको उत्पादन तथा यसमा थपिँदै गएका सुविधाहरू, सुधार गरिएको क्यामेराको गुणस्तर, तीव्र इन्टरनेट कनेक्टिभिटी, धेरै समय टिक्ने ब्याट्री, तथ्याङ्क संग्रह र प्रशोधनको क्षमता वृद्धिले गर्दा दिन प्रतिदिन यो लोकप्रिय बन्दै गएको छ । हरेक दिन सयौंको सङ्ख्यामा नयाँ सफ्टवेयर एपहरू ...