Posts

Showing posts from December, 2018

मिडिया रिसर्चकाे पहिलाे प्राेजेक्ट तयार पार्ने तरीका BA II Year

प्रकृया १ तीनवटा दैनिक पत्रिका छान्ने २ समाचारको एउटा विधा लिने ३ तीनवटै पत्रिकाको सम्पूर्ण समाचार गन्ने, त्यसपछि आफ्नो विधाको समाचार गन्ने  ( लगातार १५ दिनसम्म )  ५ मिति अनुसार प्रत्येक दिन तीनवटा पत्रिकामा आएको जम्मा र विधा समाचारको सङ्ख्याका बारेमा ब्याख्या गर्ने (१ देखि २ अनुच्छेद) ६ १५ दिनसम्मकै ब्याख्या सकिएपछि १५ दिनकै विधा समाचार जोड्ने  ७ विधा समाचार सङ्ख्याका  आधारमा तीनवटै पत्रिका समावेश हुने गरी स्तम्भ चित्रमा देखाउने ८ स्तम्भचित्रलाई कम्तीमा १ पेजजति हुने गरी ब्याख्या गर्ने ९ त्यो ब्याख्यालाई निष्कर्ष मान्ने १० ३ देखि ४ वटा सुझाव दिने ११    परिशिष्टमा राख्न मिल्ने केही भए राख्ने, छैन भने अावश्यक छैन । १२ सन्दर्भ सामग्री –जस्तै आफूले अध्ययनका क्रममा पढेका वा प्रयोग गरेका पुस्तक, वेबसाइट, पत्रिका आदिको सूची बनाउने  लेखक वा सर्जकलार्इ क्रेडिट दिने )