मिडिया साक्षरताको आवश्यकता/ महत्व
मिडियालाई व्यापारी वा अन्य शक्तिशाली व्यक्तिहरुले दुरूपयोग गर्न सक्ने तथ्यलाई मनन गरेर मिडिया साक्षरताको सन्दर्भ उठेको हो । नागरि कका हक-अधिकार र कर्तव्य के-के हुन् अर्थात् मिडियाका समाजप्रतिको उ त ्त रदायित्व र जवाफदेही रूपमा प्रस्तुत भएको छ वा छैन भन्ने जानकारी मिडिया साक्षरताले दिन्छ । पाठक , दर्शक वा स्रोतामा मिडियाका कार्य र यसले प्रदान गर्ने सूचना सामग्रीलाई मापन गर्ने र मूल्याङ्कन गर्ने क्षमता र साहस बढाउँछ । त्यसैले पनि मिडिया साक्षरता आवश्यक छ । मिडियाबाट सम्प्रेषण भएका सामग्री वा सन्देशलाई बुझ्ने , ग्रहण गर्ने र मूल्याङ्कन गर्ने , विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ । मिडिया साक्षरता बीसौं शताब्दीको मध्यबाट जन्म र विकसित भएको अवधारणा एककाइसौं शताब्दीमा आइपुग्दा निकै चर्चाको विषयवस्तु बनेको छ । यो अडियन्सको शैक्षिकस्तर र बुझाइ मा पनि भर पर्दछ । मिडियाप्रति बढ्दै गएको भरोसाले मिडियाले पस्कने सामग्री माथिको विश्लेषणलाई प्रभावित तुल्याउँछ । मिडियाकर्मीले सन्देश वा सूचना सामग्री बनाएर मात्र हुँदैन सम्भावित अडियन्समा पर्ने प्रभावबारे पनि त्यतिकै मनन गर्नु ज...