Media Literacy (मिडिया साक्षरता)

परिभाषा

सञ्चार माध्यमबाट सम्प्रेषण भएका सूचना वा सन्देशलाई बुझ्ने, विश्लेषण गर्ने, ग्रहण गर्ने र मूल्याङ्कन गर्न सक्ने क्षमता नै मिडिया साक्षरता हो । सञ्चार माध्यममा निहित सूचना सामग्रीलाई ग्रहण, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने तथा आफ्ना सन्देशहरू विभिन्न मिडिया स्वरूपमा उत्पादन गर्न सक्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ । (पोट्टर, सन् २००५, उद्धृत, अधिकारी, सन् २००९, पृ.६३)


छोटकरीमा भन्ने हो मिडिया साक्षरता मिडियाका विषयवस्तु वा सन्देशलाई बुझ्ने विश्लेषण गर्ने क्षमता हो । मिडिया साक्षरता अभियान बीसौं शताब्दीको मध्यमदेखि पश्चिमा देशबाट थालनी भएको हो।
Media literacy is the ability to access, analyze, evaluate and communicate messages in a wide variety of form.( Thomson & Jolls, 2005, p.190)
थोमसन र जोल्स (सन् २००५,पृ.१८६) का अनुसार मिडिया साक्षरता निम्न पाँचवटा अवधारणासँग सम्बन्धित छ :

मिडिया साक्षरताको प्रकार

  • दृश्यात्मक साक्षरता (Visual literacy)
  • साख्यिक वा डिजिटल साक्षरता (Digital literacy)
  • मिडिया र सूचना साक्षरता ( Media and Information literacy of Media

मिडिया साक्षरताको महत्त्व (Importance of Literacy)

मिडिया साक्षरताको महत्त्वलाई निम्न बँदाहरूमा उल्लेख गर्न सकिन्छ ।
  • समालोचनात्मक विचारलाई प्रोत्साहित गर्दछ।

  • कसरी सूचनालाई पुनः जाँच गर्ने र विभिन्न विचारहरूलाई चिन्ने भान सिकाउँछ।
  • यसले मिडियालाई जिम्मेवार बन्न सहयोग गर्दछ वा सिकाउँछ ।

  • यसले सार्वजनिक वा जनसरोकारका विषय र सन्दर्भहरूमा सहभागी बन्न अभिप्रेरित गर्दछ।

  • कसरी मौलिक वा आफ्नोपनको सामग्री (Content) बनाउने भन्ने सिकाउँछ।

  • पाठकलाई मिडियाले कसरी हाम्रो संस्कृतिमा आघात पुयाउँछ भन्नेबारे सुसूचित गर्दछ।

  • मिडिया सन्देशलाई चिरफार गर्न र सामग्री कत्तिको समाजमैत्री छ भन्ने बताउँछ।

  • मिडियाको व्यक्तिगत र सामाजिक प्रभावका बारेमा सचेत तुल्याउँछ।

  • मिडिया सन्देशको विश्लेषण गर्न र छलफल गर्न सक्ने बनाउँछ।

  • सामग्री (सन्देश) उत्पादन र विश्लेषण गर्ने क्षमता अभिवृद्धि गर्दछ।

Comments

Popular posts from this blog

अन्तर वस्तु विश्लेषण (Content Analysis) (Practical 1, JMC,Merdia research)

Specimen Copy of Survey Questionnaire

मिडिया रिसर्चकाे पहिलाे प्राेजेक्ट तयार पार्ने तरीका BA II Year