प्रतिवेदन (REPORT WRITING)

प्रतिवेदनको आवश्यक रूपरेखा (Essential Outlying of the Report)

कुनै अनुसन्धान वा अध्ययन कार्यको अन्त्य प्रतिवेदन लेखन पश्चात् मात्र पूर्ण भएको मानिन्छ । अध्ययन कार्यमा अपनाइएका विधिहरू र तिनीहरूको आधारमा संकलित तथ्याङ्कहरूको राम्रो प्रस्तुतीकरण र विश्लेषणबाट निकालिएको निष्कर्षको आधारमा प्रतिवेदन तयार हुन्छ । प्रतिवेदनहरू विभिन्न किसिमबाट तयार गर्न सकिने कुरा माथि उल्लेख भैसकेको छ । प्रतिवेदनमा के कति खण्डहरू वा तत्वहरू आवश्यक पर्दछन् भन्ने कुरामा धेरैका आ-आफ्नै तर्कहरू र तरिकाहरू रहेको पाइन्छ । तर पनि अनुसन्धान प्रतिवेदनमा निम्नलिखित तत्वहरू समावेश हुनु आवश्यक छ : १. परिचय (Introduction) अनुसन्धान प्रतिवेदन साधारणतया अनुसन्धानका लागि छनौट गरिएको समस्याबाट आरम्भ हुन्छ । प्रतिवेदकले समस्याको पृष्ठभूमि, प्रकृतिका बारेमा राम्ररी उल्लेख गर्नुपर्दछ । अनुसन्धान समस्यासँग सम्बन्धित केही प्रश्नहरूको जवाफको आधारमा यसको उल्लेख भएमा स्पष्ट हुन्छ । समस्या कसरी मानव व्यवहार र सामाजिक जीवनसँग जोडिएको छ भन्ने कुराको उल्लेख गरी त्यो व्यवहारिक तथा सैद्धान्तिक पक्षको बारेमा स्पष्ट व्याख्या भएमा पाठकहरूले अध्ययनको महत्त्वलाई सजिलै बुझ्न सक्दछन् । यसमा अनुसन्धान समस्याको कथनको साथसाथै त्यसको उद्देश्य, महत्त्व, क्षेत्र जस्ता कुराहरू पनि समावेश हुन्छन् । अध्ययन र अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण कार्यहरू अथवा प्रक्रियाहरूको बारेमा स्पष्ट व्याख्या गर्ने काम यसमा गरिन्छ । P.V. Young ले भने अनुसार यसमा निम्न कुराहरू समावेश हुन्छन् । 1. Concise and clear cut statement as to the nature of the study



२. 4. Scope of the study साहित्यको पुनरावलोकन (Review of Literature) प्रतिवेदन लेखन/ ३३३ अध्ययनको समस्यासँग सम्बन्धित के कति अध्ययन र अनुसन्धानहरू पहिले भैसकेका छन् भन्ने कुराको जानकारी नभएसम्म के कुराको अध्ययन गर्ने अथवा अध्ययनको केन्द्र के बनाउने भन्ने कुरा निक्यौल गर्न कठिन हुन्छ । त्यसैले आफूले चुनेको समस्याको बारेमा आफूभन्दा पहिलेको विद्वान्हरूबाट गरिएका पूर्व अध्ययनहरू 'समीक्षा गर्नुपर्दछ । त्यस्ता अध्ययन र अनुसन्धानहरूको रूपमा विभिन्न पत्र-पत्रिकामा प्रकाशित लेख, रचना, जर्नल, अनुसन्धान रिपोर्ट, पुस्तक आदिलाई लिन सकिन्छ । त्यस्ता विभिन्न अध्ययन र अनुसन्धान कार्यबाट प्राप्त परिणामहरूको विवेचनाबाट मात्र बाँकी रहेको अध्ययन क्षेत्र तथा उद्देश्य पत्ता लगाउन सजिलो पर्दछ । अध्ययनसँग सम्बन्धित विविध कार्यहरूको पुनरावृत्तिबाट आफ्नो अध्ययनलाई निश्चित दिशामा अगाडि बढाउन सकिन्छ । अध्ययनात्मक सामग्रीहरूलाई विभिन्न वर्गहरूमा विभाजन गरेर अध्ययनको विशिष्टता केलाउन सकिन्छ । साहित्यको पुनरावलोकनबाट एकातिर सम्बन्धित समस्याको क्षेत्रमा भएका अध्ययनहरूको प्रयाप्त जानकारी पाउन सकिन्छ भने अर्कोतिर अनुसन्धान कार्य कसरी सम्पन्न गर्न सकिन्छ भन्ने प्रक्रियाको पनि ज्ञान हुन्छ । अध्ययन कार्य विशिष्ट होस् र त्यसको व्यवहारिक उपयोगितामा वृद्धि होस् भन्ने अभिप्रायले अनुसन्धान कार्यमा पूर्व अध्ययनको समीक्षा आवश्यक हुन्छ । कतिपय अवस्थाहरूमा शीर्षकसमेत उचित छनौट नभएको हुन सक्दछ, सामग्रीहरूको अध्ययनबाट त्यसको निरुपण गर्न सकिन्छ । अध्ययनको शीर्षक निश्चित गरिसकेपछि उद्देश्यमा स्पष्ट हुनका लागि पनि सन्दर्भ सामग्रीको अध्ययन आवश्यक छ । पहिलो गरिएका अध्ययनको समीक्षा सैद्धान्तिक तथा व्यवहारिक दुवै किसिमबाट गर्नुपर्दछ । यसको अर्थ पहिले गरिएका अनुसन्धान कार्यहरूलाई कसरी हेरिएको थियो भन्ने कुरा देखाउनुपर्दछ । यसबाट अब गरिने अनुसन्धान कार्य कुन रूपमा अगाडि बढाउने भन्ने कुरा निर्णय गर्न सजिलो हुन्छ। यस प्रकार सन्दर्भ सामग्रीहरूको अध्ययनबाट अनुसन्धानकर्तालाई विभिन्न कुराहरूमा सरलता आउँदछ र स्पष्ट रूपमा अगाडि बढ्न सहयोग पुऱ्याउँदछ । P. V. Young ले यसको महत्त्ववारे बताउँदै भनेकी छन् “सन्दर्भ सामग्रीको निरुपणबाट अध्ययन विषयको सम्बन्धमा अन्तरदृष्टि र सामान्य ज्ञान प्राप्त हुने, शोधकार्यमा उपयोगी पद्धति वा साधन प्रयोग गर्न सहयोग पुग्ने, परिकल्पना निर्माण गर्न सजिलो हुने र सोध पुनारावृत्ति हुँदैन ।' सन्दर्भ सामग्रीहरू पनि मुख्यतया तीन प्रकारका हुन्छन् : 1. प्राथमिक सामग्री (Primary Source):- प्राथमिक स्रोतभित्र यस्ता मौलिक सामग्रीहरू पर्दछन् जुन अनुसन्धानकर्ता आफैँले अन्य स्रोतबाट नभै सोझै आफैं पहिलो पटक प्राप्त गर्दछ । यिनीहरू या त आफ्नो अध्ययनसँग सम्बन्ध राख्ने व्यक्तिहरूले दिएको सूचनाहरूबाट प्राप्त हुन्छन् या चिठ्ठीपत्र, डायरी, कविता, उपन्यास आदिको माध्यमबाट सोझै प्राप्त हुन्छन् ।

2. द्वितीयक सामग्री (Secondary Source) :- अन्य व्यक्ति वा संस्थाले तयार गरेको र अन्य प्रयोजनको लागि उपयोगमा आउने सामग्रीहरू द्वितीयक सामग्री नसक्ने अथवा उसको पहुँचमा नभएका सामग्रीहरू यस किसिमबाट प्राप्त हुन्छन् । (Secondary source) को रूपमा आउँदछन् । अनुसन्धानकर्ता आफैँले संकलन गर्न संकलन गरिने पाठ्यपुस्तक जस्ता सामग्रीहरू तृतीयक सामग्रीहरू अन्तर्गत पर्दछन् । 3. तृतीयक सामग्री (Tertiary Source) :- सहायक सामग्रीहरूबाट यी सामग्रीहरूबाट हरेक कुराहरूको जानकारी प्राप्त गर्न कठिन हुन्छ र प्राप्त सूचनाहरूमा पनि विश्वसनीयता कम रहेको हुन सक्छ । प्राथमिक र सामग्रीहरूको अभाव भएमा मात्र यी सामग्रीहरू प्रयोगमा ल्याइन्छ । द्वितीयक सारांशमा भन्नुपर्दा अनुसन्धान कार्यको व्यापक जानकारीका लागि तथा अगाडि गरिने अध्ययन, अनुसन्धानको स्पष्टताको लागि पूर्व साहित्यहरूको समीक्षा गर्नु जरूरी हुन्छ । ३. fafu (Methodology) 1 कुनै प्रतिवेदन पढिसकेपछि त्यो सम्पूर्ण अध्ययनको राम्रो जानकारी हुनुपर्दछ पाठकलाई त्यसमा प्रयोग गरिएको तथ्याङ्क संकलन विधि, प्रस्तुतीकरण र विश्लेषण विधिहरूको बारेमा स्पष्ट ज्ञान प्राप्त हुने गरी उल्लेख गरिएको हुनुपर्दछ । पढने हरूले प्रतिवेदनमा समावेश गरिएको अनुसन्धान रचना तथ्याङ्कको प्रकृति, स्रोत आदि सम्बन्धमा स्पष्ट ज्ञान प्राप्त गर्न जिज्ञासु रहन्छन् । त्यति मात्र होइन प्रश्न कस्ता सोधिएका होलान् ? अन्तर्वार्ता कसरी लिइएको होला, कुन रणनीति अपनाइएको होला ? भन्ने सम्बन्धमा पनि त्यत्तिकै चासो राख्दछन् । संकलित तथ्याङ्कहरूको लागि मापन प्रक्रिया कसरी अपनाइयो ? कुन आधारमा चरहरू बीचको सम्बन्ध स्थापना गरियो भन्ने कुरा पनि जान्न खोज्दछन् त्यस्तै अध्ययनका लागि छानिएको क्षेत्रमा कति नमूना (Sample) छनौट गरियो ? कुन आधारमा गरियो ? समग्र कति थियो भन्ने बारेमा पनि जानकारी स्पष्ट हुनुपर्दछ । पाठकहरूले अध्ययनको उद्देश्य तथा त्यसका विशेषताहरूको बारेमा जान्ने अपेक्षा राखेका हुन्छन् । यी सबै कुराहरूको सूचनाहरू अत्यन्तै स्पष्ट र सरल रूपमा व्यक्त गरिएको हुनु पर्दछ । नमूनाको आकारको आधारमा पनि कतिपय पाठकहरू अध्ययनको सत्यताको बारेमा अनुमान लगाउन सक्दछन् । त्यसैले सबै तथ्यहरूको पुष्टि प्रयाप्त प्रमाणहरूको आधारमा गर्नुपर्दछ । पुष्टि नगरिएका तथ्यहरू अर्थपूर्ण नहुन पनि सक्दछन् । यदि अनुसन्धानकर्ताले अत्यन्तै जटील विधि प्रयोग गरेको छ भने त्यसलाई विशेष व्याख्याको आधारमा स्पष्ट पार्नुपर्दछ । सम्बन्धित विषयको राम्रो व्याख्या गरेर मात्र यस्ता प्रयोगहरूको मेल समावेश गर्नुपर्दछ । प्रतिवेदनमा प्रस्तुत घटनाहरूको क्रम मिल्नुपर्दछ र प्रतिवेदकले नै घटनाहरूको क्रमको बारेमा पहिले नै निर्धारण गरेको हुनुपर्छ । यस प्रकार कुनै अनुसन्धान प्रतिवेदन तयार गर्दा अनुसन्धानको क्षेत्र छनौटदेखि लिएर Sampling method, Sample size तथा अनुसन्धान प्ररचना, तथ्याङ्क प्रस्तुतीकरणको विधि, विश्लेषण पद्धति जस्ता अनुसन्धानका प्रक्रियाहरूलाई उल्लेख गर्नुपर्दछ । अनुसन्धान प्रक्रियाको समग्र स्वरूपलाई नै विधि

(Methodology) भनिन्छ । ४. उद्देश्यमूलक संगठन (Thematic प्रमुख पाठ्यवस्तुको organization of the main Text) अनुसन्धान कार्यमा संकलन गरिएका तथ्याङ्कहरूलाई व्यवस्थित ढंगबाट प्रस्तुत गरेर निष्कर्षमा पुग्ने कार्य प्रतिवेदनको मुख्य खण्डको रूपमा रहन्छ । यस खण्डमा तथ्याङ्कहरूको प्रकृति-अनुसार वर्गीकरण गरेर, एकै प्रकारको निष्कर्षको लागि आवश्यक पर्ने तथ्याङ्कहरूलाई एउटा समूहमा राखेर उपयुक्त प्रस्तुतीकरण गरिन्छ । सबै प्रकारका तथ्यहरूको अर्थपूर्ण विवेचना र छलफल गरिएको हुनुपर्दछ । यथार्थ तथ्यहरूको आधारमा विशिष्ट निष्कर्षमा पुग्ने प्रयत्न गर्नुपर्दछ । फरक प्रकृतिका तथ्याङ्कहरू भएमा तिनीहरूको प्रस्तुतीकरण र विश्लेषण अलग अलग अध्यायमा गर्नु राम्रो हुन्छ । साना साना अध्यायमा विभाजन गरेर व्यवस्थित र क्रमवद्ध रूपमा तिनीहरूलाई मिलाएर व्याख्या गर्नु सान्दर्भिक नै हुन्छ । मुख्य खण्डमा नै वास्तवमा अनुसन्धानको उद्देश्य केन्द्रित रहन्छ । यो खण्ड आकर्षक र उद्देश्यमूलक नभएमा प्रतिवेदन लेखन कार्य सफल मानिदैन । यसका लागि प्रतिवेदनले अनुसन्धानको उद्देश्यलाई ध्यानमा राखेर तयार गर्नुपर्ने हुन्छ । सबै प्रतिवेदनमा एकै किसिमबाट प्रस्तुत गर्नुपर्दछ भन्ने मान्यता नभए पनि मुख्य खण्ड आकर्षक, व्यवस्थित र उद्देश्यमूलक हुनुपर्दछ । सकभर कुनै विशिष्ट उद्देश्यका लागि छुट्टै अध्यायमा विश्लेषण र प्रस्तुत गरेमा उपयुक्त हुन्छ । निष्कर्ष (Conclusions) अनुसन्धानको कार्यलाई व्यवस्थित रूपमा प्रस्तुत गरेर विश्लेषण गर्ने कार्य मुख्य खण्डमा सम्पन्न हुन्छ । तथ्याङ्कहरूको विश्लेषण कुनै विशेष निष्कर्षमा पुग्नका लागि गरिन्छ । विश्लेषणको आधारमा अनुसन्धानको उद्देश्य हासिल भयो वा भएन, पूर्व रूपमा कुनै परिकल्पना निर्माण गरेको भए परीक्षण पुनः परीक्षणबाट सत्य सावित भयो वा भएन र अन्य त्यस्तै प्रमुख प्राप्ति (Major findings) के भयो भन्ने कुराहरू निष्कर्षमा उल्लेख हुन्छ । अनुसन्धान कार्य कुन उद्देश्यका लागि गरिएको हो र त्यसबाट अन्तमा के प्राप्ति भयो भन्ने अन्त नै निष्कर्ष हो । निष्कर्षले सम्पूर्ण सोधलाई एउटा सानो रूपमा गाँस्ने काम गर्दछ । अघिल्ला अध्यायहरूको विश्लेषणको आधारमा प्राप्त भएका तथ्यहरूलाई समावेश गर्दै तिनीहरूको निचोडको रूपमा निष्कर्ष निकाल्नुपर्दछ । निष्कर्षको साथमा अनुमान प्रश्नको सूची समावेश गरियो भने अझ राम्रो मानिन्छ किनभने अगाडि गरिने अध्ययनहरूबाट त्यसको जवाफ खोज्न सकिन्छ । पाठकले निष्कर्ष मात्र पढ्दा पनि अनुसन्धानको पूर्णता र त्यसबाट भएको सकारात्मक उपलब्धिको रूपमा लिन सक्ने हुनुपर्दछ । अनुसन्धानको क्षेत्र र उद्देश्यलाई हेरेर निष्कर्षलाई अन्तमा सारांशको रूपमा अथवा छुट्टै अध्यायमा समावेश गर्न सकिन्छ ।

३३६ / समाजशास्त्रीय र मानवशास्त्रीय अनुसन्धान पद्धति

टिप्पणी (Notes) अनुसन्धान वा अध्ययन प्रतिवेदनमा उल्लेख गरिने कतिपय वाक्यहरू अथवा 'शब्दहरूको सम्बन्धमा पाठकहरू अस्पष्ट अथवा द्विविधा वा अन्यौलमा पर्न सक्दछन् । कतिपय अवस्थामा प्रतिवेदकले लेख्न खोजेको कुराको अनर्थ पनि लाग्न सक्दछ । त्यसैले प्रतिवेदनको कुनै स्थानमा उल्लेखित शब्द वा शब्दावलीको अर्थ र सन्दर्भ स्पष्ट पार्नका लागि अन्तमा टिप्पणी (Notes) को रूपमा अथवा सम्बन्धित पेजमा नै पाद टिप्पणी (Foot notes) को रूपमा लेख्न सकिन्छ । टिप्पणीले गर्दा प्रतिवेदन अझ स्पष्ट र आकर्षक हुन्छ भने विश्वसनीयतामा पनि वृद्धि हुन्छ ।

टिप्पणी दुई किसिमबाट लेख्न सकिन्छ । पहिलो प्रकारमा कुनै लेखकको कृतिबाट निकालिएको हो भने लेखक, कृति, पेज आदि उल्लेख गरी पाद टिप्पणीको आधारमा स्पष्ट पार्न सकिन्छ । दोस्रो प्रकारमा लेखनको कुनै स्थानमा समावेश गरिएका अस्पष्ट तथ्यहरू वा शब्दहरू कहाँ, कसरी, कुन अर्थमा प्रयोग भएका छन् भन्ने खुलाएर टिप्पणीहरूलाई प्रतिवेदनको अन्तमा राख्न सकिन्छ ।

७.. उल्लेख वा उद्धरण (Citation) प्रतिवेदन लेखन कार्यमा अन्य सामग्रीहरूको समीक्षा गरी निकालिएका कुराहरूलाई उल्लेख्य पेजको तल लेखकको नाम, कृति, वर्ष, पेज जस्ता तथ्यहरू समावेश गरी उल्लेख गरिन्छ । यसबाट कुन लेखकले सम्बन्धित समस्याको बारेमा कहिले, के, अध्ययन गरी कस्तो निष्कर्षमा पुगेको रहेछ भन्ने कुरा पाठकले केलाउन सक्दछ । विशेष गरी साहित्यको पुनरावृत्ति भन्ने अध्यायमा यस्ता उद्धरणका कुराहरू रहन्छन् भने अन्य भागहरूमा सम्वन्धित स-साना तथ्यहरू ल्याएर जोडियो भने पनि त्यसलाई तल उद्धृत (Cite) गरिन्छ ।

हरेक पेजमा गरिने उद्धरणमा साधारणतया लेखक, कृति, वर्ष, पेज, प्रकाशनका कुराहरू समावेश गर्नु राम्रो हुन्छ । यसबाट पाठकले बढी जान्न चाहेमा आफैँले सँगत गर्न पनि सक्दछ । यसरी धेरै ठाउँमा धेरै पटक उल्लेख गर्नु पयो भने अन्य छोटकरी रूपहरू प्रयोग गर्न सकिन्छ । cf. Chap Col. - - Diss. ed. ed. cit. - eg. et. al et. alibi et. seq. - - -confer, consult, compare Chapter (L) or Ca (Approximate date) Column Dissertation edited, editor, edition The edition previously cited for example and others And elsewhere And the following

fig. figs. - Figure or figures. fn. Footnote . The same page

८. प्रतिवेदन लेखन ३३७ ibid id. i.e. Item, the same - That is op. cit. - In the work cited n.d. Sec. - loc.cit. - No date of publication Section In the place cited

सन्दर्भ सामग्रीहरू (References) प्रतिवेदनमा संग्रह वा संगत गरिएका सम्पूर्ण पुस्तक, रचना, लेख आदिको सूचीलाई सन्दर्भ ग्रन्थ सूची भनिन्छ । प्रतिवेदनको निष्कर्ष र सारांश पछाडी यसलाई समावेश गरिन्छ । यस्तो सूची लेखकहरूको नामको अन्तिम अक्षर (Alphabet) को आधारमा मिलाएर राखिन्छ अथवा यसलाई वर्णानुक्रमको आधारमा (on the basis of alphabetical order) मिलाएर राखिन्छ ।

सन्दर्भ ग्रन्थहरूलाई उल्लेख गर्दा लेखकको नाम, उसको कृति वा लेख, प्रकाशित वर्ष, प्रकाशन, पत्र-पत्रिका वा मौखिक भनाई सबै प्रष्ट रूपमा उल्लेख गरिनुपर्दछ ।

जस्तै:- Adhikari R.R. and Gautam T.R., 2000 Research Methods in Sociology and Anthropology; doids Vidyarthi Pustak Bhandar Bhotahity, Kathmandu. Gautam, T.R., 1999 Perspectives on Development; on Development; Vidyarthi Pustak Bhandar, Bhotahity, Kathmandu. Kothari, C.R., 1978 Quantitative Techniques; New Delhi, Vikash Publishing House Pvt. Ltd. Wilkinson T.S. and Bhandarkar, P. L. 1984 Methodology and Techniques of Sociological Research, Himalayan Publishing House, Bombay. त्यस्तै गरेर Magazines र Newspapers मा भने अलि फरक रूपमा सूचित गरिन्छ । यसमा लेखकको नाम (पछिल्लो), लेखको नाम (Quotation mark मा), पत्र पत्रिकाको नाम, वर्ष अंक, प्रकाशन मिति र पेज उल्लेख गर्नुपर्दछ । जस्तै:- Robert V. Roosa "Coping with Short-term International Money Flows", The Banker, London, September, 1971. p. 995.

Comments

Popular posts from this blog

अन्तर वस्तु विश्लेषण (Content Analysis) (Practical 1, JMC,Merdia research)

Specimen Copy of Survey Questionnaire

मिडिया रिसर्चकाे पहिलाे प्राेजेक्ट तयार पार्ने तरीका BA II Year