मोबाइल पत्रकारिता : गोजीको समाचारकक्ष


मोबाइल पत्रकारिता : गोजीको समाचारकक्ष


'स्मार्टफोन' शब्द सन् १९९५ देखि चलनचल्तीमा आयो । त्योभन्दा


तीन वर्ष अगाडि नै सन् १९९२ मा अमेरिकी प्रविधि कम्पनी


आइबिएमले साइमन नामको मोबाइल फोन बजारमा ल्याएको थियो (टुड्डी, २०१५) । साइमनको आगमनसँगै मोबाइल फोन 'केबल आवाजमा दोहोरो कुराकानी गर्ने डिभाइस' मा मात्र सीमित भएन, यसले त एउटा स्मार्टफोन युगको सुरुवात नै गरायो ।


जब सन् २००७ मा एप्पलको आइफोन आयो, स्मार्टफोन प्रविधिले अर्को छलाङ मार्यो । आज विश्वका साढे तीन अर्ब मानिसले स्मार्टफोन प्रयोग गर्छन् । साधारण मोबाइल फोनका प्रयोगकर्तासमेत जोड्ने हो भने यो सङ्ख्या झन्डै पाँच अर्ब पुगेको छ (स्टाटिस्टा, २०२०) । यो तथ्याङ्कले के प्रस्ट देखाउँछ भने आजको दिनमा मोबाइल फोन आम जीवनको एउटा हिस्सा नै बनिसकेको छ ।


पछिल्लो समय स्मार्टफोनको उत्पादन तथा यसमा थपिँदै गएका सुविधाहरू, सुधार गरिएको क्यामेराको गुणस्तर, तीव्र इन्टरनेट कनेक्टिभिटी, धेरै समय टिक्ने ब्याट्री, तथ्याङ्क संग्रह र प्रशोधनको क्षमता वृद्धिले गर्दा दिन प्रतिदिन यो लोकप्रिय बन्दै गएको छ ।


हरेक दिन सयौंको सङ्ख्यामा नयाँ सफ्टवेयर एपहरू मोबाइल फोनकै लागि थपिँदै गएका छन् । कुनै ठाउँसम्म पुग्ने बाटोको जानकारी पाउन होस् या जुनसुकै ठाउँबाट आफ्नो परिवार, साथी वा कार्यालयमा सम्पर्कमा रहनका लागि होस्, मोबाइल फोनले हाम्रो जीवनमा सहजता थपेको छ । यस्तै, म़ामाजिक सञ्जालको आफ्नो प्रोफाइल समुद्री किनार वा ३० हजार फिटमाथ

उडिरहेको बेला अपडेट गर्ने, मोबाइलकै भर्चुअल पैसाबाट कारोबार गर्नेजस्ता व्यवहार पनि सामान्य भइसके ।


मोबाइल फोनको चमत्कारी विकासले अरू पेसा र व्यवसाय जस्तै पत्रकारितालाई पनि ठूलो प्रभावमा पारेको छ । यसको प्रयोगले सूचना सङ्कलन, सम्प्रेषण, प्रशोधन र वितरण प्रक्रियामा एउटा औजारको रूपमा मात्र नभई पत्रकारिताको पेसागत अभ्यासमा आधारभूत रूपमै धेरै परिवर्तन ल्याइदिएको छ । पत्रकारिताको साधन र माध्यमको रूपमा मोबाइल फोनको प्रयोग व्यापक हुन थालेपछि डिजिटल पत्रकारिताभित्र मोबाइल पत्रकारिता एउटा विधाकै रूपमै विकास भइसकेको छ । अंग्रेजीमा मोबाइल जर्नलिजम् भनिने यो विधालाई छोटकरीमा 'मोजो' भनेर पनि चिनिन्छ ।


मोबाइल पत्रकारिता के हो ?


मोबाइल पत्रकारिता डिजिटल स्टोरी टेलिङको एउटा रूप हो जहाँ फोटो, अडियो र भिडियो सिर्जना गर्न र सम्पादन गर्न प्रयोग गरिने प्राथमिक उपकरण नै स्मार्टफोन हो । धेरै मोबाइल पत्रकारहरूले आफ्नो कामका दौरान ल्यापटप र डिएसएलआर जस्ता अन्य पोर्टेबल उपकरणहरू प्रयोग गर्दछन्, तर मोबाइल पत्रकारिताको भने मुटु नै स्मार्टफोन हो । त्यसैले नै मोबाइल पत्रकारितालाई 'मिडियाको स्टोरी टेलिङका लागि कामको नयाँ प्रवाह' मानिएको छ जहाँ पत्रकारहरू पूर्णरूपमा गतिशील र स्वायत्त हुनका लागि प्रशिक्षित र सुसज्जित हुन्छन् । मोबाइल पत्रकारिताको यो नै अहिलेको व्यापक रूपमा स्वीकारिएको परिभाषा पनि हो ।


बुरूम र क्वेन (२०१६) का अनुसार मोबाइल पत्रकारिता रिपोर्टिङको एउटा सिर्जनशील तरिका हो जसमा समाचार सामग्री उत्पादन र संयोजन गर्न मोबाइल फोनको मात्र प्रयोग हुन्छ । यस्तो रिपोर्टिङमा बढीजसो भिडियो सामग्री हुने भएपनि अडियो, स्लाइड सो, तस्बिर र शाब्दिक सामग्री पनि हुन सक्छन् । यस्ता सामग्री वाइफाई वा मोबाइल डेटाका माध्यमबाट स्थलगत रूपमै तयार गरिन्छ ।


मोबाइल पत्रकारिता एउटा विशिष्ट वातावरणमा हुन्छ । जहाँ घटना भइरहेको हुन्छ त्यहीँ नै समाचार कक्ष पुगेको हुन्छ । अर्थात् हामीले परम्परागत 



रूपमा बुझ्दै आएका समाचार कक्षका प्रक्रिया गोजीमा अट्ने सानो डिभाइसबाट स्थलगत रूपमै पूरा गर्न सम्भव हुन्छ। पत्रकारले नयाँ 



'स्मार्टफोन' शब्द सन् १९९५ देखि चलनचल्तीमा आयो । त्योभन्दा


तीन वर्ष अगाडि नै सन् १९९२ मा अमेरिकी प्रविधि कम्पनी


आइबिएमले साइमन नामको मोबाइल फोन बजारमा ल्याएको थियो (टुड्डी, २०१५) । साइमनको आगमनसँगै मोबाइल फोन 'केबल आवाजमा दोहोरो कुराकानी गर्ने डिभाइस' मा मात्र सीमित भएन, यसले त एउटा स्मार्टफोन युगको सुरुवात नै गरायो ।


जब सन् २००७ मा एप्पलको आइफोन आयो, स्मार्टफोन प्रविधिले अर्को छलाङ मार्यो । आज विश्वका साढे तीन अर्ब मानिसले स्मार्टफोन प्रयोग गर्छन् । साधारण मोबाइल फोनका प्रयोगकर्तासमेत जोड्ने हो भने यो सङ्ख्या झन्डै पाँच अर्ब पुगेको छ (स्टाटिस्टा, २०२०) । यो तथ्याङ्कले के प्रस्ट देखाउँछ भने आजको दिनमा मोबाइल फोन आम जीवनको एउटा हिस्सा नै बनिसकेको छ ।


पछिल्लो समय स्मार्टफोनको उत्पादन तथा यसमा थपिँदै गएका सुविधाहरू, सुधार गरिएको क्यामेराको गुणस्तर, तीव्र इन्टरनेट कनेक्टिभिटी, धेरै समय टिक्ने ब्याट्री, तथ्याङ्क संग्रह र प्रशोधनको क्षमता वृद्धिले गर्दा दिन प्रतिदिन यो लोकप्रिय बन्दै गएको छ ।


हरेक दिन सयौंको सङ्ख्यामा नयाँ सफ्टवेयर एपहरू मोबाइल फोनकै लागि थपिँदै गएका छन् । कुनै ठाउँसम्म पुग्ने बाटोको जानकारी पाउन होस् या जुनसुकै ठाउँबाट आफ्नो परिवार, साथी वा कार्यालयमा सम्पर्कमा रहनका लागि होस्, मोबाइल फोनले हाम्रो जीवनमा सहजता थपेको छ । यस्तै, म़ामाजिक सञ्जालको आफ्नो प्रोफाइल समुद्री किनार वा ३० हजार फिटमाथि


९०, तत्कालै र सशक्त रूपमा आफ्ना अडियन्सलाई समाचार सामग्री सम्प्रेषण गर्न सक्छन् (बुरूम र क्वेन, २०१६) ।


परम्परागत रूपमा गरिँदै आएको पत्रकारितामा एउटा रिर्पोट तयार गर्न पत्रकार, क्यामेरापर्सन, दृश्य सम्पादक, सम्पादकसहित धेरै जनशक्ति आवश्यक हुन्छ । प्रसारणका लागि पनि उति नै समय लाग्छ । यसको सम्पादन, प्रसारणका लागि धेरै वटा र महंगा उपकरणहरू पनि आवश्यक पर्दछन् । आज, एउटा स्मार्टफोनको माध्यमबाट एक पत्रकारले स्वतन्त्र रूपमा सबै चरणहरू आफैँ सम्हाल्दै अति कम समयमा समाचार र अरू सम्पादकीय सामग्री तयार गर्न सक्दछ । उसले अडियो रेकर्ड, फोटोहरू लिन, भिडियो सम्पादन गर्ने, सामग्री लेख्ने र आफनो समाचार आउटलेटमा तत्काल फिल्डबाटै पोस्ट गर्नेजस्ता सबै काम मोबाइलबाटै गर्न सक्दछ । यसको प्रयोगले पत्रकारको गतिशीलता, स्वतन्त्रता र काम गर्ने क्षमता समेत वृद्धि गरिदिएको छ ।


गोजीमा अट्ने सानो डिभाइसमै शक्तिशाली क्यामेरा, स्तरीय अडियो रेकर्डर र कम्प्युटर सफ्टवेयरहरूको विकल्पका रूपमा आएका मोबाइल एप्लिकेसनहरूले नयाँ पुस्ता र डिजिटल पत्रकारिताका अभ्यासकर्तालाई मात्र होइन, परम्परागत मिडिया हाउसहरूलाई पनि लोभ्याएको छ । खासगरी, सन् २००९ पछिको समयमा नाम चलेका समाचार संस्थाले विश्वभर नै मोबाइल प्रविधिलाई प्राथमिकतामा राख्दै लगेका छन् ।


बिबिसीले आफ्नै पोर्टेबल न्यूज ग्यादरिङ (पिएनजी) नामक एपको विकास गरेको छ, जसबाट रिपोर्टरले रेकर्ड गर्न, सम्पादन गर्न र भिडियो, अडियो, र फोटोहरू सिधै समाचार कक्ष उत्पादन प्रणालीमा पठाउन सक्छन् । यस्तै अलजजिराले आफ्नो च्यानल एजे प्लसलाई मोबाइल पत्रकारितामै केन्द्रित गदै संचालन गरेको छ । भारतको एनडिटिभीले मोबाइलको प्रयोगबाट पूरै न्युजरुम संचालन गदै आइरहेको छ ।


कतिपय मिडिया हाउस परम्परागत प्रकाशनहरू बन्द गर्दै डिजिटाइजेसनमा गइसकेका छन् । पत्रकारितामा अहिले 'वन म्यान आर्मीको अवधारणा लागू हुँदै गएको छ। फोटो/भिडियो खिच्ने, रिपोटिङ गर्ने र त्यसलाई सम्पादन गर्ने 






मोजोका १२ औजार


मानसिकता परिवर्तन : मोजो जान्नु भनेको पूर्ण रूपमा कोमको नयाँ प्रवाहलाई अंगीकार गर्नु हो । त्यसैले पहिला पक्का हुनुहोस् - के तपाईं र तपाईंको संगठन वास्तवमै यसको लागि तयार छ ?


स्मार्टफोन : आइफोन वा एन्ड्रोइड जुनसुकै फोन भए पनि दुवै राम्रोसँग काम गर्दछ । याद गर्नुपर्ने कुरा के मात्र हो भने के मैले प्रयोग गरिरहको मोडेलमा राम्रो क्यामेरा छ कि छैन ?


ट्राइपोड : अन्तर्वार्ता, फूटेज वा क्यामेरा पिसको लागि एक फुल साइज ट्राइपोड आवश्यक हुन्छ । तर विचार गर्नुहोस्- यो बलियो, कम्प्याक्ट र हल्का छ कि छैन ?


माइक्रोफोन : अन्तर्वार्ताको लागि पिन माइक्रोफोन, क्यामेराका जोड्ने रिपोर्टर माइक र एम्बियन्स ध्वनिको लागि सटगन माइक । प्याक गर्नुअघि जाँच गर्नुहोस्- यिनले काम गर्छन् कि गर्दैनन् ?


भिडियो लाइट : यो अति आवश्यक त हैन । तर हेल्चेक्र्याइँ नगरी विचार गरेर निर्णय लिनुहोस्- कतै तपाईं इन्डोर वा रातको सुटिङजस्ता विशेष अवस्थामा त पर्दै हुनुहुन्न ?


पावर बैंक : भिडियो सुटिङ गर्दागर्दै तपाईंको फोनको ब्याट्री सकिन सक्छ । त्यसैले पक्का गर्नुहोस्- तपाईंसँग भरपर्दो पावर बैंक छ कि छैन ?


रिग : विशेष आवश्यकताको लागि उत्तम रिग किन्नुहोस् । तर किन्दा राम्ररी ख्याल गर्नुहोस्- के यो आरामदायक र भरपर्दो छ ? के यसले सबै उपकरणलाई सुरक्षित रूपमा समात्ला ?


केबल र कनेक्टरहरू : केबुल चार्ज गर्नदेखि माइक एडप्टरहरू र अन्य डोंगलहरूका लागि एउटा सानो झोला तयार गर्नुहोस् र यसलाई






यस्ता औजारले काम गर्न सजिलो मात्र बनाउँदैनन्, छायाङकनमा थप सिर्जनशिलता प्रयोग गर्ने अवसर पनि दिन्छन् । यस्ता अतिरिक्त औजारले हातबाट मोबाइल फोन खसेर हुनसक्ने क्षतिबाट पनि जोगाउँछन् । रिमोटबाट चल्ने कतिपय औजारको प्रयोग गरेर टाढैबाट क्यामेरा र गति नियन्त्रण राख्न सकिन्छ ।


अतिरिक्त लेन्स : डिएसएलआर क्यामेरामा जस्तै स्मार्टफोनका लागि पनि अतिरिक्त लेन्सहरूको उपयोग गर्ने चलन बढेको छ। टेलिफोटो, फिसआई, वाइड एड्गल जस्ता विविधता भएका लेन्स प्रयोग गरेर स्मार्टफोनको नियमित लेन्सबाट सम्भव नहुने फोटो र भिडियो लिन सकिन्छ । यस्ता लेन्सको प्रयोगले तस्विरमा विविधता दिने मात्र होइन, सिर्जनात्मक अभिव्यक्तिको दायरा पनि फराकिलो पारिदिन्छन् (स्टेइनर, २०१८ ) ।


अतिरिक्त लाइट : खासगरी स्मार्टफोनको आकारका कारण ठूलो आकारका क्यामेरा सेन्सर राख्न सम्भव हुँदैन । सानो आकारका सेन्सरले कम प्रकाश भएको अवस्थामा राम्रो तस्बिर लिन सक्दैनन् । त्यसैले अतिरिक्त लाइट आवश्यक हुन्छ (बुग्रेस, २०२०) । प्राय: स्मार्टफोनमा क्यामेरासँगै फ्ल्यास लाइटको पनि सुविधा हुन्छ । तर व्यावसायिक फोटो वा भिडियोको लागि ‘इनबिल्ट फ्ल्यास’ पर्याप्त नहुन सक्छ । आजकल बजारमा गोजीमै अट्ने लिड लाइटहरू उपलब्ध छन् ।


अतिरिक्त माइक्रोफोन : कतिपय स्मार्टफोनमा हुने माइक्रोफोनले प्रसारणयोग्य गुणस्तरको अडियो क्याप्चर गर्न सक्दैनन् । स्तर पुग्ने माइकहरू पनि सबै परिस्थितिका लागि उपयुक्त हुँदैनन् । स्मार्टफोनको हेडफोन जोड्ने ज्याकमा अतिरिक्त माइक्रोफोन जोडेर सामग्रीको स्तरलाई वृद्धि गर्न सकिन्छ । वायरलेस माइक्रोफोनहरूको प्रयोग पनि बढ्दै गएको छ ।


सफ्टवेयर एप्स : क्यामेरा, लाइट, माइक्रोफोन जस्ता स्मार्टफोनमा पहिल्यै उपलब्ध र पछि जोडिएका अतिरिक्त हार्डवेयर औजारलाई परिचालन र नियन्त्रण गर्ने काम फोनमा हुने सफ्टवेयर अर्थात् एपहरूले गर्छन् । स्तरीय हार्डवेयर हुँदाहुँदै पनि उपलब्ध एप्समा सुविधाहरू सीमित छन् भने सोचेजस्तो फोटोग्राफी सम्भव हुँदैन । त्यसैले व्यावसायिक स्मार्टफोन फोटोग्राफीलाई लक्षित गरेर बनाइएका एपहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।


स्मार्टफोन एप्सहरू कतिपय निःशुल्क त कतिपय पैसा लाग्ने खालका




 

Comments

Popular posts from this blog

अन्तर वस्तु विश्लेषण (Content Analysis) (Practical 1, JMC,Merdia research)

Specimen Copy of Survey Questionnaire

मिडिया रिसर्चकाे पहिलाे प्राेजेक्ट तयार पार्ने तरीका BA II Year